Latest News

मेयर उम्मेदवार पौडेल भेट्न देउवाले बुक गरे भरतपुरको होटल, यसो भन्छ पौडेलको सचिवालय

Nepalese Times May 4, 2022 (1 Year ago)    2068 Views

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले चितवनको भरतपुर महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवावर जगन्नाथ पौडेललाई भेट्ने भएका छन् ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति देउवा आज चितवनमा बास बस्ने र मेयर उम्मेदवार जगन्नाथ पौडेललगायत नेताहरुलाई भेट्ने कार्यक्रम रहेको एक नेताले बताएका छन् ।

चुनावीसभा सम्बोधन गर्न विराटनगर पुगेका देउवा भोली भरतपुरमा हुने सभालाई सम्बोधन गर्न आजै साँझ चितवन पुग्न लागेका हुन् । प्रधानमन्त्री देउवा भरतपुरस्थित होटल सिराइँचुलीमा बस्ने कार्यक्रम तय भएको छ ।

भरतपुरमा विहीबार गठबन्धनले चुनावी सभा गर्दैछ । सभामा देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सभामा सहभागि हुनुअघि सभापति देउवाले भरपुरका असन्तुष्ट कांग्रेस नेताहरु जगन्नाथ पौडेललगायत नेताहरुसँग भेटवार्ता गर्ने सम्भावना रहेको एक नेताले नेप्लिज टाइम्सलाई बताए ।

प्रधानमन्त्री चितवन आउँदा कांग्रेसका असन्तुष्ट नेताहरुलाई एकपटक भेट्ने र सहमतिका लागि अन्तिम प्रयास गर्ने सम्भावना रहेको चितवन कांग्रेसका एक नेताले बताए ।

प्रधानमन्त्री देउवाले भरतपुर महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई भेटेर उम्मेदवारी निष्क्रिय बनाई गठबन्धनलाई साथ दिन आग्रह गर्ने तयारी गरेका छन् ।

११ बजेका लागि तय भएको चुनावीसभाअघि नै असन्तुष्ट उम्मेदवार र नेतालाई मनाउन सभापतिले निर्णायक पहल लिने तयारी भएको छ ।

यअसघि देउवाको दूत बनेर गृहमन्त्री बालकृष्ण खाँण तीन दिन दिचतवन बसेपनि स्वतन्त्र उम्मेदवार पौडेलको उम्मेदवारी फिर्ता गराउन असफल भएका थिए ।

कांग्रेसका असन्तुष्ट नेतहरुबाट स्वतन्त्र उम्मेदवारी दिएका भरतपुर महानगरपालिकाका मेयर उम्मेदवार पौडेलको सचिवालयले केन्द्रका नेताहरुले भेट्छु भनेमा भेटवार्ता हुने जानकारी गराएको छ ।

पौडेलका भतिजले नेप्लिजटाम्सलाई दिएको जानकारी अनुसार अहिलेसम्म देउवाले पौडेललाई कति बजे भेट गर्ने भन्ने तय नभएको तर केन्द्रकै नेताहरुले भेट्ने मन गरेमा भेटवार्ता हुनेछ । भरतपुर महानगरपालिकाको मेयरको साझा उम्मेदवारको रुपमा सत्ता गठबन्धनले माओवादी केन्द्रकी रेनु दाहाललाई अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस