Latest News

चुनावको मुखमा कांग्रेसको यस्तो निर्णयले बाबुराम भट्टराईलाई धक्का, गठबन्धनमा खैलाबैला !

Nepalese Times May 4, 2022 (1 Year ago)    996 Views

काठमाडौं – सत्तासाझेदार दल जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईको गृहनगर गोरखाको पालुङटारमा चुनावी तालमेल नहुने भएको छ ।

कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले बुधबार विज्ञप्ति जारी गर्दै पालुङटारमा कांग्रेस एक्दै स्थानीय तह निर्वाचन लड्ने भन्दै तयारी गर्न नगर समितिलाई परिपत्र गरेका छन् ।

चुनावी तालमेलका लागि पटक–पटक छलफल गर्दा पनि यहाँ तालमेल सम्भव नभएपछि दलहरूले आ–आफ्ना उमेदवार उठाएका थिए । केन्द्रले भने चुनावी तालमेल गर्न दबाब दिएको थियो ।

डा. भट्टराईले आफ्नो गृहनगरमा नगर प्रमुख पद नछाड्ने अडान लिएपछि तालमेल सम्भव नभएको कांग्रेस नेताहरू बताउँछन् । भट्टराईले विश्वासपात्र प्रेम गुरूङलाई नगर प्रमुखको टिकट दिएका छन् ।

तालमेल सम्भवन नभएपछि जिल्लामा केन्द्रीय गठबन्धनमा आबद्ध दलहरू मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णयमा पुगेका थिए । सोहीबमोजिम उनीहरूले मनोनयपत्र दर्ता पनि गराए ।

तर, भट्टराईको दबाबमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसको उमेदवारी फिर्ता लिने प्रयास गरेका थिए । देउवाले गएको शुक्रबार पार्टीबाट नगर प्रमुखका उमेदवार दीपकबाबु कँडेलको उम्मेदवारी फिर्ता लिएको पत्र निर्वाचन अधिकृतको कार्यालयमा पठाए । तर, ढिला गरी पत्र पुगेको भन्दै उनको उमेदवारी कार्यालयले कायमै राख्यो ।

त्यसपछि केन्द्रको निर्देशन नमान्ने भन्दै कांग्रेसबाट नगर प्रमुखका उमेदवार कँडेलले विज्ञप्ति निकालेका थिए ।

यसैबीच, आज पार्टीका जिल्ला सभापति न्यौपानेले परिपत्र जारी गर्र्दै पार्टीका तर्फबाट उमेदवार बनेका प्रमुख, उपप्रमुख, वडाका सबै अध्यक्ष तथा सदस्यहरू निर्वाचित गराउने गरी चुनावी अभियान सञ्चालन गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस