Latest News

दिनेश र रमेशले ल्याए ‘डल्ली के छ हल्ली चल्ली’ (भिडियोसहित)

Nepalese Times May 4, 2022 (1 Year ago)    658 Views

काठमाडौं । गायक दिनेश कैनी र मोडेल रमेश खड्काले ‘डल्ली के छ हल्ली चल्ली’ बोलको गीत सार्वजनिक गरेका छन् । नव गायक कैनी र नव मोडेल खड्काले पहिलो प्रस्तुती बजारमा ल्याएका हुन् । गीतको रचना गायक कैनी आफैंले गरेका हुन् ।

संगित पनि कैनीकै रहेको गीतमा चर्चित मोडेल करिष्मा ढकालले खड्को साथ दिएकी छन् । गीतमा ढकाल र खड्काको नृत्यसंगै रोमान्स देख्न सकिन्छ ।

गीतमा मोडेल करिष्मा र रमेशको भरपुर नृत्य देख्न पाइन्छ । बिक्रम चौहानले निर्देशन गरेको गीतको म्युजिक भिडियो मोडेल रमेश खड्काको युटुव च्यानलमार्फत दर्शकमाझ ल्याईएको छ ।

यो पनि हेर्नुहोस्

नेकपा एमालेबाट राजीनामा दिएका वामदेव गौतमले नेकपा एकीकृत समाजवादीको लागि चुनावी गीत लेखेका छन्। गौतमले लेखेको गीत कृष्ण केसी र जुना श्रीष मगरले गाएका छन्।

तत्कालिन नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवादका बेलामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा उभिएका उनी नेकपा एमाले विभाजनका बेलामा भने निस्क्रिय रहे।

सुरुमा नेकपा एकता र पछि एमाले एकता अभियान चलाएका गौतम हाल भने स्वतन्त्र वामपन्थी नेताका रुपमा छन्। यद्यपि, उनले विभाजन अघि भने आफ्नो साथ माधव नेपाललाई भएको बताएका थिए। हाल भने एकीकृत समाजवादीलाई आफ्नो समर्थन भएको देखाउँदै उनले गीत सार्वजनिक गरेका हुन्।

अहिले गुप्तवासझैं बसेका गौतम स्थानीय तहको चुनावपछि राजनीतिमा सक्रिय हुने सोचमा छन् । त्यस क्रममा आफ्नो पहिलो जोड तत्कालीन नेकपालाई एक ठाउँमा जोड्ने प्रयास रहने उनको भनाइ छ ।

यदि त्यसो हुन नसकेमा कम्तीमा एमाले र एकीकृत समाजवादीलाई एकतामा जोडेर माओवादीसँग चुनावी तालमेल गर्ने अवस्थामा पुर्‍याउने गौतमको इच्छा छ । त्यो चाहना पुरा हुन नसके एकीकृत समाजवादीमा जोडिने वा आफ्नै नेतृत्वमा पार्टी गठन गर्ने योजना गौतमको छ ।

प्रतिक्रिया दिनुहोस