Latest News

महासचिव पद खोसिएलगत्तै विप्लवलाई केपी ओलीको टेलिफोन, राजनीतिमा नयाँ तरंग

Nepalese Times May 4, 2022 (1 Year ago)    2804 Views

काठमाडौं । केही दिनअघि नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पार्टीका नेताहरु हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलालाई कारबाही गर्यो ।

त्यसको केही दिनम हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला ैपक्षको भेलाले नेत्रविक्रम चन्दलाई महासचिव पदबाट हटाएर कारबाही गष्रेका छन् ।चितवनमा बसेको ओली र बास्तोला पक्षको भेलाले महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई पनि हटाउने निर्णय गरेको हो ।

पार्टीको बहुमत केन्द्रीय सदस्यहरुको बैठकले विप्लवलाई महासचिवबाट हटाएर संयोजकमा बस्तोलालाई जिम्मेवारी दिइएको पार्टीका केन्द्रीय सदस्य गुणराज लोहनीले बताए ।

पार्टीको बहुमत केन्द्रीय समिति बैठकले गरेको निर्णय विप्लवहरुले उल्ट्याएको भन्दै उनले पार्टीको विधि विधान विपरित स्थानीय चुनावमा जान थालेकाले आफूहरुले उनीहरुलाई कारबाही गरेको लोहनीको भनाइ छ । चैत ४ देखि १४ गतेसम्म कपिलवस्तुमा बसेको केन्द्रीय समितिको बैठकमा स्थानीय तहको निर्वाचनमा सहभागी हुने कि नहुने विषयमा विवाद भएको थियो।

चुनावलाई उपयोग गर्नुपर्ने योजनासहित महासचिव विप्लवले ल्याएको राजनीतिक प्रतिवेदन नै फेल भएपछि परिमार्जन गरेर चुनावमा सक्रिय सहभागी नहुने तर, राम्रा उम्मेदवालाई समर्थन गर्न सकिने निर्णय गरेर बैठक सकिएको थियो।

स्थानीय तहको निर्वाचनमा देशका विभिन्न तहमा स्वतन्त्र उम्मेदवारी परेपछि बैशाख १२ गते धर्मेन्द्र बास्तोलाले विज्ञप्ती जारी गरी मनोनयन दर्ता फिर्ता लिन आग्रह गरेका थिए।

पार्टीको हित र निर्णयविपरीत विज्ञप्ती निकालेको भन्दै वैशाख १३ गते विप्लवले बाँस्तोला र वली दुवै नेतालाई कारवाही गरी पदमुक्त गरेका थिए। पदमुक्त दुवै नेताले नयाँ पार्टी गठनको तयारी थालेका थिए। त्यहीअनुसार राष्ट्रिय भेला भइरहेको र भेलाले विप्लवलाई कारबाही गरेको हो ।

कारबाहीमा परेका उनै ओली र बास्तोला पक्षको भेलाले महासचिव नेत्रविक्रम चन्द्र समूहलाई कारबाही गरेको हो । विप्लव कारबाहीमा परेलगत्तै उनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टेलिफोन गरेका छन् । ओलीले विप्लवलाई अब स्थानीय तहको चुनावमा सँगै सहकार्य गरेर अघि बढ्न प्रस्ताव गरेका थिए ।

अहिले स्थानीय तहको चुनावमा सहकार्य गरेर अघि बढ्ने र चुनावपछि एउटै पार्टीमा रहेर महत्वपूर्ण जिम्मेवारी लिएर अगाडि बढ्न ओलीले विप्लवलाई प्रस्ताव गरेका स्रोतको दाबी छ । जवाफमा विप्लवले प्रस्ताव गरेकोमा धन्यवाद भन्दै अहिले नै आफूले निष्कर्ष दिन नसक्ने भनेका एक नेताले बताए ।

विप्लवले आफ्नो पक्षका नेताहरुसँग पनि यो प्रस्तावबारे कुराकानी गर्नुपर्ने र अहिले आफ्नो पार्टी आन्तरिक विवादमा फसेकोले आफूलाई यसबारे विचार गर्न केही समय सोच्ने समय दिन आग्रह गरेको स्रोतले बताएको छ । विप्लवपमाथि पार्टीको एजेण्डा बिर्सिएर चुनावमा होमिने प्रयास गरेको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस