Latest News

आईजीपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ

Nepalese Times May 4, 2022 (1 Year ago)    477 Views

नेपाल प्रहरीमा आईजीपी नियुक्तिविरुद्ध असन्तुष्ट एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट निवेदनको पेसी आज सुनुवाइ हुँदै छ। गत सोमबार दर्ता मुद्दा सुनुवाइ गर्न आज बुधबारका लागि पेसी तोकिएको हो।

नवनियुक्त आईजीपी धिरजप्रताप सिंहलाई आईजीपी बनाउने निर्णय बदर गरेर आफूलाई आईजीपी नियुक्त गर्न निवेदक पोखरेलले माग गरेका छन्।

आईजीपी नियुक्ति विरुद्धको रिटमा बुधवार सुनुवाइ हुने गरी सर्वोच्च अदालतले पेशी तोकेको छ । आईजीपी नियुक्तिबारे असन्तुष्ट अर्का एआईजी सहकुल बहादुर थापा बुधवारबाट काममा फर्किन सहमत भएका छन् । मन्त्रिपरिषद्को निर्णयप्रति असहमति राखेका विश्वराज पोखरेलले ३० दिन लामो बिदा लिएका छन् ।

नवनियुक्त आईजीपी धिरजप्रताप सिंहलाई आईजीपी बनाउने निर्णय बदर गरेर आफूलाई आईजीपी नियुक्त गर्न निवेदक पोखरेलले माग गरेका छन्।

सरकारको निर्णय अदालतको नजीर सिद्धान्तहरु र प्रहरी संगठनको मुल्यमान्यताको प्रतिकुल भएकाले स्वेच्छाचारी एवं गैरकानुनी निर्णय रहेको दाबी उनले गरेका छन्। आफू ज्येष्ठ र बढुवाका सम्पूर्ण आधारमा सबैभन्दा बढी अंक प्राप्त गरेकाले आफूलाई वरिष्ठता कायम हुने गरी तत्काल बढुवा गर्न उनले परमादेश माग गरेका छन्।

रिटको टुंगो नलागेसम्म धिरजप्रतापलाई आईजीपी बनाउने निर्णय कार्यान्वयन नगर्न र प्रहरी महानिरीक्षक पदको हैसियतमा कुनै काम गर्न नदिनु र एआईजीमध्ये आफैँ ज्येष्ठ भएकाले आईजीपी बढुवाको निर्णय नगर्दासम्म निमित्त आईजीपीको हैसियतमा कामकाज गर्नु गराउनु भनी उनले अन्तरिम आदेश माग गरेका छन्।

आईजीपीको प्रतिस्पर्धामा रहेका विश्वराज अन्य प्रतिस्पर्धी भन्दा १६ महिना अघि एआईजीमा बढुवा भएका थिए । सहकुल थापा नवनियुक्त आईजीपी सिंहभन्दा ९ महिना अघि एआईजी भएका हुन् । आईजीपी सिंह र रवीन्द्र बहादुर धानुक १ महिनाअघि एआईजीमा बढुवा भएका थिए ।

आईजीपीका प्रतिस्पर्धीहरू एउटै मितिमा प्रहरीमा भर्ना भए पनि फरक समयमा एआईजीमा बढुवा भएका थिए । विश्वराज पोखरेललाई २०७७ मङ्सिर २५ मा केपी शर्मा ओली नेतृत्वको सरकारले एआईजीमा बढुवा गरेको थियो

। सहकुल थापा २०७८ असार २४ मा एआईजी भएका हुन् । २०७८ चैत १७ मा धिरज प्रताप सिंह र रवीन्द्र बहादुर धानुकलाई वर्तमान मन्त्रिपरिषद्ले एआईजीको दरबन्दी थपेर बढुवा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस