Latest News

यस्तो छ कांग्रेसको २७ गतेसम्मको चुनावी आमसभाको कार्यक्रम, कुन नेताको सम्बोधन कहाँ ? (सूचीसहित)

Nepalese Times May 3, 2022 (1 Year ago)    649 Views

काठमाडौं । नेपाली काँग्रेसले विभिन्न चुनावी सभामा नेताहरुको सम्बोधन गर्ने कार्यक्रम तालिका सार्वजनिक गरेको छ ।

नेपाली काँग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले सभापति, नेता एवं पदाधिकारी लगायत केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय गरेको हो ।

कार्यतालिका अनुसार सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै निर्वाचन सभाहरूमा सम्बोधन गर्ने भएका छन् ।

काँग्रेसले विराटनगर, भरतपुर, काठमाडौं, रुपन्देही, दमौली, जनकपुर, पोखरा, तुलसीपुर, धनगढी र डडेल्धुरामा चुनावी सभा गर्दैछ । काँग्रेसले भोलि विराटनगरबाट चुनावी अभियान सुरु गरेर वैशाख २७ गते डडेल्धुरामा सम्पन्न गर्ने छ ।

कार्यक्रम अनुसार मोरङको विराटनगरमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता
रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मालगायतले सम्बोधन गर्नेछन् ।

वैशाख २२ गते चितवनको भरतपुरमा देउवा, पौडेल, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ लगायत वक्ताहरुले सम्बोधन गर्नेछन् ।

वैशाख २३ गते काठमाडौंमा देउवान, र पौडेलसहित अरु वक्ताहरुले सम्बोधन गर्नेछन् भने वैशाख २४ गते रुपन्देहीको बुटवलमा सभापति देउवा, नेता पौडेल र महामन्त्री गगन थापालगायतले सम्बोधन गर्नेछन् ।

वैशाख २४ गते दिउँसो साढे १२ बजे तनहुँको दमौलीमा देउवा र पौडेलसेहत प्रवक्ता प्रकाशशरण महत र अरु नेताहरुले सम्बोधन नर्गेछन् । यस्तै दिउँसो २ बजे धनुषाको जनकपुरमा देउवा र पौडेलसहित सहमहामन्त्री भीष्मराज आङ्दम्बे, महेन्द्र यादवलगायतले सम्बोधन गर्नेछन् ।

वैशाख २५ गते बिहान ११ बजे कास्कीको पोखरामा देउवा र पौडेलसहित उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियारलगायत नेताहरुले सम्बोधन गर्नेछन् । त्यसलगत्तै दिउँसो २ बजे दाङको तुलसीपुरमा देउवास पौडेलसहित सहमहामन्मत्री किशोरसिंह राठौरलगायतले सम्बोधन गर्नेछन् ।

वैशाख २६ गते कैलालीको धनगढीमा देउवा र पौडेलसहित सहमहामन्त्री फरमुल्लाह मंसुरलगायते सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । वैशाख २७ गते डडेल्धुरामा देउवा र पौडेलसहित सहमहामन्त्री बद्री पाण्डेलगायत अन्य वक्ताहरुले आमहभामा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस