Latest News

कांग्रेसले गर्यो केन्द्रीय सूचना संकलन तथा अनुगमन उपसमितिमा १३४ जनालाई मनोनित, को-को परे ?

Nepalese Times May 3, 2022 (1 Year ago)    668 Views

काठमाडौं – नेपाली कांग्रेसले केन्द्रीय सूचना संकलन तथा अनुगमन उपसमितिमा १३४ जना सदस्य मनोनित गरेको छ । नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले उपसमितिमा १३४ जना सदस्य मनोनित गरेका हुन् ।

स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिको २२ चैत २०७८ मा बसेको बैठकले उर्मिला नेपाल केसीको संयोजकत्वमा उपसमिति गठन गरेको थियो ।

हेर्नुहोस् विज्ञप्तिको पूर्णपाठः

 

त्यस्तै नेपाली कांग्रेसले देशका प्रमुख १० शहरमा चुनावी सभा आयोजना गर्ने भएको छ । चुनावी सभालाई कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णय अनुसार २१ वैशाखमा विराटनगरमा, २२ वैशाखमा चितवनको भरतपुरमा, २३ वैशाखमा काठमाडौंमा, २४ वैशाखमा रुपन्देहीको बुटवलमा, २४ वैशाखमा तनहुँको दमौली र धनुषाको जनकपुरमा, २५ वैशाखमा कास्कीको पोखरा र दाङको तुलसीपुरमा, २६ वैशाखमा कैलालको धनगढीमा र २७ वैशाखमा डडेलधुरामा चुनावी सभा आयोजना हुने भएको हो ।

चुनावी सभालाई सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, पार्टीका प्रवक्ता डा. प्रकाशशरण महत लगायतका नेताहरुले सम्बोधन गर्ने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस