Latest News

एमाले छोडेका वामदेव गौतमले माधव नेपालको पार्टीका लागि लेखे यस्तो गीत (भिडियोसहित)

Nepalese Times May 3, 2022 (1 Year ago)    999 Views

काठमाडौं – नेकपा एमालेबाट राजीनामा दिएका वामदेव गौतमले नेकपा एकीकृत समाजवादीको लागि चुनावी गीत लेखेका छन्। गौतमले लेखेको गीत कृष्ण केसी र जुना श्रीष मगरले गाएका छन्।

तत्कालिन नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवादका बेलामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा उभिएका उनी नेकपा एमाले विभाजनका बेलामा भने निस्क्रिय रहे।

सुरुमा नेकपा एकता र पछि एमाले एकता अभियान चलाएका गौतम हाल भने स्वतन्त्र वामपन्थी नेताका रुपमा छन्। यद्यपि, उनले विभाजन अघि भने आफ्नो साथ माधव नेपाललाई भएको बताएका थिए।

हाल भने एकीकृत समाजवादीलाई आफ्नो समर्थन भएको देखाउँदै उनले गीत सार्वजनिक गरेका हुन्।

अहिले गुप्तवासझैं बसेका गौतम स्थानीय तहको चुनावपछि राजनीतिमा सक्रिय हुने सोचमा छन् । त्यस क्रममा आफ्नो पहिलो जोड तत्कालीन नेकपालाई एक ठाउँमा जोड्ने प्रयास रहने उनको भनाइ छ ।

यदि त्यसो हुन नसकेमा कम्तीमा एमाले र एकीकृत समाजवादीलाई एकतामा जोडेर माओवादीसँग चुनावी तालमेल गर्ने अवस्थामा पुर्‍याउने गौतमको इच्छा छ । त्यो चाहना पुरा हुन नसके एकीकृत समाजवादीमा जोडिने वा आफ्नै नेतृत्वमा पार्टी गठन गर्ने योजना गौतमको छ ।

‘मेरो पहिलो जोड तत्कालीन नेकपालाई एक ठाउँमा ल्याउने र सिङ्गो कम्युनिस्ट आन्दोलनलाई एक ठाउँमा जोड्न प्रयास छ । त्यसो हुन नसकेमा एमाले र एकीकृत समाजवादीवीच एकता गर्ने माओवादीलाई चुनावी तालमेलको अवस्थामासम्म ल्याउँछु,’ गौतमले भने,‘सबै विकल्प बन्द भएमा एकीकृत समाजवादीमा जोडिने वा आफ्नै नेतृत्वमा पार्टी गठन गर्छु । तर, अहिलेको जस्तै निष्क्रिय भई बस्दिन ।’

गौतमले एकता वा आफ्नै नेतृत्वमा दल गठन गर्न पनि शक्ति चाहिन्छ भन्ने बुझेका छन् । त्यसका लागि गौतमसँग पर्याप्त शक्ति छैन । यस्तो अवस्थामा गौतमले आगामी दिनमा कस्तो कदम चाल्लान्, त्यो हेर्न भने केही समय पर्खनुको विकल्प छैन ।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया दिनुहोस