Latest News

सफा र व्यवस्थित काठमाडौं बनाउन प्रमुख भुमिका खेल्छु : सिर्जना सिंह

Nepalese Times May 3, 2022 (1 Year ago)    532 Views

काठमाडौं महानगरमा नेपाली कांग्रेसकाे तर्फबाट मेयर पदकाे प्रत्यासी सिर्जना सिंहले महनगरवासीलाई ठूला सपना देखाउने भन्दा पनि व्यवस्थित र सफा काठमाडौं बनाउन प्रमुख भुमिका खेल्ने बताएकी छन् ।

काठमाडौंका सडकमा गरिबले पानी खान र शाैचालय समेत जान नपाउने अवस्था रहेकाे बताँउदै मेयर निर्वाचित भएमा सजिलै यस्ता समस्या समाधान गरिने बताएकी हुन् ।

विकसित भएर पनि अव्यवस्थित भएकाे काठमाडौंलाई व्यवस्थित गर्नेछु उनले भनिन्। ´काठमाडौं बनाउने जिम्मा हाम्राे काँधमा आएकाेछ, साेही कारण मलाई काठमाडौंकाे मेयरकाे रुपमा पार्टी र गठबन्धनले अगाडि सारेकाे छ, ` सिंहले भने। कांग्रेसकाे कार्यकर्ता र सिपही भएकाे बताउदै मैले मेयर निर्वाचित भए भने घाेषणापत्र अनुसार नै काम गर्ने छु।

शंकरदेव क्याम्पसका पुर्वविद्यार्थी संघले आयाेजना गरेकाे कार्यक्रममा बाेल्दै सिंहले मेराे राजनितीकाे घर शंकरदेव भएकाे समेत बताइन। ´शंकरदेवकाे क्याम्पसकाे विकासमा समेत सहयाेग गर्ने छु´मैले विरासतबाट हाेइन, म शंकरदेवबाट राजनीतिमा उठेकाे हुँ ,`। २०३३ सालमा गाेर्खाबाट कांग्रेसकाे सदस्यता लिएकाेबताउदै जनतालाई रैतिबाट जनता बनाउने अभियानकाे नेतृत्व गरेकाे परिवारबाट आएकाे बताए। मंगलदेवीसिंहकाे परिवारबाट आएकाे महिला सदस्य भएकाेले महिला र उत्पिडितकाे हितका लागि म मेयर बन्ने अभियानमा हाेमिएकाे हुँ, उनले भनिन्।

लाेकतन्त्र ल्याउनका लागि लडेर आए सुशास नै मेराे प्रमुख दायित्व भएकाे उनले बताईन। ´भ्रष्टाचार मुक्त काठमाडौं बनाउने हाे, डिजिटल प्रविधिकाे प्रयाेग गरेर घरबाटै सेवा दिने हाे, ` सिंहले भनिन। घरघरबाटै फाेहाेरकाे व्यवस्थापन गर्न सकिने समेत बताइन। साना साना समस्याले काठमाडौं गिज्याउने गरेकाे समेत सिंहले बताइन। ´आय न्यून भएका महिला दिदीबहिनीहरुलाई राहतकाे व्यवस्था गर्दे स्वराेजगारकाे व्यवस्था गराउने छु,` सिंहले भनिनन् ।

‘जेष्ठ नागरिककाे समस्या अत्याधिक रहेकाे बताउदै अब भवन बन्छ भने जेष्ठ नागरिक भवन बन्छ नभए खाली जग्गामा पार्क बन्छ। अब व्यापारिक महल बनाउने काम बन्द हुनेछ। ३२ वडै स्वास्थ प्रवन्धन केन्द्र र जेष्ठ नागरिक भवन बन्ने छ।’सिंहले भनिनन्।

सिंहले महागनरवासीका लागि सुविधा सम्पन्न अस्पताल खाेल्ने समेत घाेषणा गरेकी छन। उक्त अस्पतालमा असाहाय, दिनदुखी र जेष्ठ नागरिकलाई निशुल्क उपचार गर्ने उनले बताइन। पैसा नहुनेलाई काठमाडौं पानी खाने व्यवस्था समेत नरहेकाे बताउदै सार्वजनिक स्थलमा निशुल्क खानेपानी र शाैचालयकाे व्यवस्था गर्न समेत बताइन।

काठमाडौं संस्कृति र सभ्यता र पुरातत्त्विक सम्पदाकाे संरक्षण गर्ने भन्दै सफा काठमाडौं, व्यवस्थित काठमाडौं सबैलाई चाहेकाे खाेजेकाे बनाउनमा आफु लाग्ने समेत बताइन्।

प्रतिक्रिया दिनुहोस