Latest News

ज्वालामुखी ६ को वडा अध्यक्षमा मोहन श्रेष्ठलाई भोट किन ? यस्ता छन् ४६ बुँदे प्रतिवद्धता

Nepalese Times May 3, 2022 (1 Year ago)    832 Views

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ को वडा अध्यक्षमा मोहन कुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । उनले नेकपा एमालेबाट उम्मेदवारी दिएका हुन् ।

लामो समयदेखि सामाजिक कार्यमा सक्रिय श्रेष्ठले आफूले ज्वालामुखी ६ को वडा अध्यक्षमा जितेमा नमूना वडा बनाएर देखाउने प्रतिवद्धता जनाएका छन ।

यस्ता उनका प्रतिवद्धताहरु
१) वडा अध्यक्षको जिम्मेवारी लिने कसम खाएकोले विदाको दिनबाहेक बाँकी दिन वडा कार्यालयबाटै सेवा प्रदान गर्न वडा कार्यालयमा १० देखि ५ बजेसम्म बस्नेछु ।
२) वडा कार्यालयबाट प्रदान गरिने सेवाहरु सरल र सहज बनाउनेछु ।
३) जनआवाज तथा मागको यथोचित सम्बोधन गरिनेछ ।
४) भौतिक विकासका गुणस्तरीयतामा जोड दिइनेछ ।

५) सडकको स्तरोन्नति, कृषि सडक निर्माणमा जोड तथा हाते ट्रयाक्टर सडकको निर्माणमा जोड दिइनेछ ।
६) स्वच्छ खानेपानीको व्यवस्था, डिप बोरिङ लगायतका अधुरा कार्यलाई पूरा गर्दै न्युन शुल्कको व्यवस्थाका साथै एक घर एक धाराको व्यवस्था गरिनेछ ।
७) युवालक्षित आयआर्जनमा आधारित विकास योजना ल्याउँदै युवाहरुलाई स्वदेशमा बसी व्यवसाय गर्ने वातावरणको निर्माण गरिनेछ ।
८) निष्पक्ष कानुनी र न्यायिक समाजको निर्माणमा जोड दिइनेछ ।
९) आत्मसम्मानका साथ जिउने समाज निर्माणमा जोड दिइनेछ ।
१०) नीतिगत भ्रष्टाचारको अन्त्य गराइनेछ ।

११) गाउँपालिका तोकिएको स्थान (साँदभञ्ज्याङ)मा स्थायी गर्न अहम भूमिका खेलिनेछ ।
१२) तरकारी, बाख्रा, कुखुरा तथा मासु र दूधको पकेट क्षेत्र घोषणा सहितको योजना निर्माण गरिनेछ ।
१३) भइरहेको सडकहरुको स्तरोन्नतिका साथै आवश्यक कृषि सडकको निर्माण तथा मिनीट्रिलर ट्रयाक निर्माणमा जोड दिइनेछ ।
१४) वडामा अवस्थित गाउँघर क्लिनिक लाई अझै बढी सेवा प्रदान गर्न व्यवस्थित गर्न आवश्यक रकम विनियोजन गर्ने ।
१५) सालवास स्वास्थ्य चौकीलाई अझै परिस्कृत गरी सेवा सञ्चालन गर्न दरबन्दी थप गर्दै २४ सै घण्टा सेवा प्रदान गर्न आवश्यक रकमको व्यवस्था गर्ने ।

१६) स्वयंसेविकाहरुलाई योगदानमा आधारित प्रोत्साहनको प्याकेट ल्याउने ।
१७) ज्येष्ठ नागरिकहरुको ३÷३ महिनामा स्वास्थ्य परीक्षण गर्न टोलटोलमा स्वास्थ्य शिविर सञ्चालन गर्ने, रिपोर्टको आधारमा जिल्ला अस्पताल तथा काठमाडौंको अस्पतालमा लैजानु परे यातायातको व्यवस्था गर्ने ।

१८) दीर्घ रोगीहरुलाई निःशुल्क औषधी वितरण तथा सहयोगको प्याकेज ल्याउने ।
१९) अपाङ्गता भएका, असहाय र जोखिमपूर्ण रोग लागेका रोगीहरुलाई सम्बोधनका लागि उपयुक्त योजना निर्माण गरिनेछ ।
२०) स्थानीय विकासमा स्थानीय स्रोत साधनको प्रयोगमा जोड दिइनेछ ।

२१) घना बस्ती टोलमा एक सौर्यबत्तिको व्यवस्था गरिनेछ ।
२२) विद्यालयमा कक्षा १० सम्म निःशुल्क पठनपाठनको व्यवस्था गरिनेछ ।
२३) प्राविधिक शिक्षा तथा रोजगारीमूलक, सीपमूलक शिक्षामा जोड दिइनेछ ।

२४) कक्षा ५ सम्म अनिवार्य अङ्ग्रेजी माध्यमको पठनपाठन गर्दै बोर्डिङ शिक्षालाई निरुत्साहित गरिनेछ ।
२५) मठमन्दिरको संरक्षण तथा सम्बद्र्धन गर्दै जलमुखी मन्दिर आसपासमा पर्यटन पूर्वाधारको लागि पैदल मार्ग (सिँढी), होमस्टे, संस्कृति तथा परम्परा जगेर्ना गर्ने खालको योजना निर्माण गरिनेछ ।

२६) खेर गइरहेको कच्चा पदार्थको सदुपयोग गर्दै कोइला, ब्रिकेट उत्पादन गरी बजार व्यवस्थापन गरिनेछ ।
२७) दलित तथा विपन्न विद्यार्थीहरुको लागि पढ्दै, सिक्दै, कमाउँदै योजना अन्तरगत विद्यार्थीहरुलाई बाख्रा वितरण गरिनेछ ।
२८) युवाहरुलाई खेलकुदमा जोड दिन आवश्यक रकमको विनियोजन गर्ने ।

२९) शारीरिक, मानसिक तथा संवेगात्मक विकासको लागि खेलकुद, कराते, फुटबल, भलिबल, दौड जस्ता खेलको आयोजना गर्ने ।
३०) एसईईमा उत्कृष्ट प्राप्ताङ्क ल्याउने विद्यार्थीलाई प्राविधिक शिक्षा तथा उच्च शिक्षा हासिलको लागि छात्रबृत्तिको व्यवस्था गर्ने ।

३१) पशुपालनलाई प्रोत्साहन गर्न गाई भैंसीलाई सुत्केरी भत्ताको व्यवस्था गर्ने ।
३२) वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई उनीहरुको सीपको परीक्षण गरी स्थानीयस्तरमा नै व्यवसायी बनाउन प्रोत्साहनको कार्यक्रम ल्याउने ।
३३) सरकारी जागिर सुनिश्चितताको लागि वडास्तरमा नै लोकसेवा, शिक्षक सेवा, सैनिक तथा प्रहरी सेवा जस्ता विभिन्न प्रतियोगी परीक्षाको तयारी कक्षाहरु तथा तालिमहरुको व्यवस्था गर्ने ।
३४) शिक्षाको गुणस्तरीयताको लागि योगदान गर्ने शिक्षकहरुलाई एसईई र कक्षा ८ को नतिजाको आधारमा शिक्षकलाई सम्मान गर्ने ।
३५) आकस्मिक विरामीको लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने ।

३६) कृषि उत्पादन वृद्धि गरी कृषकलाई व्यवसायी बनाउन माटो परीक्षण गरी परीक्षणको आधारमा खेती गर्न प्रोत्साहन गर्ने ।
३७) बजारको व्यवस्थापन मिलाई दूध उत्पादनको लागि गाई, भैंसी पालनका लागि प्रोत्साहन, अनुदान कार्यक्रम ल्याउने ।
३८) वडाभित्र उत्पादन भएका कृषि उपज भण्डारणका लागि शीतभण्डारको व्यवस्था गर्ने ।

३९) किसानहरुको पशुधनको सुरक्षाको लागि पशु वीमाको व्यवस्था गर्ने ।
४०) रकम विनियोजन (योजना बाँडफाँड) जनता, उपभोक्ताको पूर्ण उपस्थितिमा छलफल गरेर प्राथमिकताका आधारमा, एज्ञ(एद्द(एघ, विनियोजन गरिने ।

४१) विद्यालयमा राजनीतिक हस्तक्षेप अन्त्य गरी समुदायमा आधारित बनाउने ।
४२) शैक्षिक गुणस्तरको लागि योग्य शिक्षकको व्यवस्थापन गर्ने ।
४३) कम्प्युटर शिक्षाको व्यवस्था गर्ने ।
४५) नैतिकवान जनशक्ति उत्पादनमा जोड दिने ।
४६) हरेक टोलटोलमा सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्थापन गर्ने ।

प्रतिक्रिया दिनुहोस