Latest News

छोरी जिताउँन कस्सिए प्रचण्ड, यी ५ चर्चित नेतालाई भरतपुर बोलाएर थाले यस्तो तयारी

Nepalese Times May 3, 2022 (1 Year ago)    918 Views

सत्ता गठबन्धनले बिहीबार चितवनमा चुनावी सभा गर्ने भएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरेर पाँच दलीय गठबन्धनले भरतपुरस्थित हाकिम चोकमा सभा गर्न लागेको हो ।

उक्त सभालाई प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य शेखर कोइराला, जसपा र राष्ट्रिय जनमोर्चाका केन्द्रीय नेताहरूलाई पनि कार्यक्रममा निम्त्याउने तयारी छ ।

नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले भने, ‘प्रधानमन्त्रीज्यू र माओवादी केन्द्रका अध्यक्ष सहभागी हुनुहुन्छ । बाँकी नेताहरूको हकमा कुराकानी भइरहेको छ ।’ चितवनको भरतपुर महानगरपालिकासहित सबै स्थानीय तहमा गठबन्धनबीच चुनावी तालमेल भएको छ ।

भरतपुरको मेयरमा माओवादी केन्द्रबाट रेनु दाहाल र उपमेयरमा कँग्रेसबाट चित्रसेन अधिकारी उम्मेदवार छन् । गठबन्धनको साझा उम्मेदवार दाहालविरुद्ध काँग्रेसका नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन् ।

पौडेललाई उम्मेदवारी फिर्ता लिन गठबन्धनका नेताले भरपुर प्रयास गरेपनि उनी ब्याक नभएको अवस्था छ । यसलाई मध्यनजर गर्दै गठबन्धनको चितवन संयन्त्रले शीर्ष नेतालाई भरतपुर ओराल्ने तयारी थालेको छ ।

प्रतिक्रिया दिनुहोस