Latest News

बैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा

Nepalese Times May 3, 2022 (1 Year ago)    1237 Views

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर बैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा गरेको छ ।

पार्टी महासचिव कमरेड नेपालद्वारा सोमबार जारी विज्ञप्ति र पर्चामा चुनाव बहिष्कारको घोषणा गर्दै चुनावको दिन र अघिल्लो दिन नेपाल बन्दको कार्यक्रम सार्वजनिक गरिएको छ ।

तत्कालीन नेकपा माओवादीबाट टुक्रिएर गएको समूहले चुनाव बहिष्कार र नेपाल बन्दको घोषणा गरेको हो । ‘जनसत्ता र जनमुक्ति सेना निर्माण गरि सशस्त्र जनविद्रोह मार्फत् वैज्ञानिक समाजवाद प्राप्तिको बाटोमा अग्रसर बनौं भन्ने नाराका साथ वैशाख २९ र ३० गते नेपाल बन्द सफल पारौ ।’ जारी विज्ञप्तिमा उल्लेख छ । निर्वाचनको दिन वैशाख ३० गते सरकारले नै सवारी साधन सञ्चालनमा रोक लगाउने छ ।

‘प्रतिक्रियावादी दलाल नोकरशाही कठपुतली गठबन्धन सरकार नेपाली जनताको भावना विपरीत आफनो कुर्सीको लागि ना लम्पसार परेको छाजनता छोराछोरीलाई वैदेशिक रोजगारीको नाममा ३ देखि ५-७ वर्षको लागि बैधानिक रुपमा विदेशिको गुलामीमा बेचेर रेमिटान्सले मस्ती गरिरहेका छन ।

विदेशीको टाङ मुनि छिरेर भिक मागेर कटौरो चापेर शरण परे आफनो कुसौं र आर्थिक पर्लोवनमा राष्ट्र लाई धुजाधुजा पारेर टुक्राएर बेचिरहेका छन । इतिहासमै सबै भन्दा ठूला राष्ट्रघात गरिरहेका छनायसको उदाहरण हो।(एमसिसी) नेपाल को संविधान भन्दा माथि रहेको राष्ट्रघाती (एमसिसी)नाटक मञ्चन गर्दै व्याख्यात्मक टिप्पणी भन्दै पारीत गरेर नेपाल जस्तो भौगोलिक हिसाबले बिकट आर्थिक हिसाबले टाट पल्टिन लागेको हाम्रो देशलाई भु-राजनीतिको दाउपेज बनाउदै विदेशी शक्तिको कुडास्थल बनाउदै छन।

कुनैपनि संसदवादी पार्टीका नेताहरूलाई नेपाली जनताको बारेमा चासो छैन। यहाँ दिनानुदिन बलात्कारका घटना सार्वजनिक भएका छनाजनता खान नपाएर भोकभोकै मरेका घटना बाहिर आएका छन उपचार नपाएर बिरामीले अकालमै ज्यान गुमाएका छन । गाउँमा रोजगार नपाएर युवाहरुको बेहाल हाविदेशी भुमिमा पसिना बगाउन गएका मजदुरको अवस्था दैनिए छ ।

मजदुरहरु दिनदिनै अर्काको देशमा मरिरहेका छनातर यी बिषयमा राज्यलाई कुनै मतलब छैन। संसदवादी पार्टीका विभिन्न सरकार बन्दा यहाँ ठुलाठुला घटना दबाएका छमा लुकाएका छन। जनप्रतिनिधिहरु अधिकांश सत्ता कसरी टिकाउने कसरी लुट्ने भन्ने मानसिकतामा कृयाशिल भएका छन। ५ बर्षे कार्यकालमा केही पनि गर्न सकेनन् उनिहरु असफल भए किन कि यो ब्यबस्था नै विश्वमा असफल सिद्ध सावित भइसकेको छ। अब संसदिय व्यवस्थाको विश्वमै कुनै औचित्य छैन ।

त्यसैले हामी जाती पेशा धर्म लिग, विभेद र छुवाछुत भन्दा माथी उठेर वास्तविक वर्ग संघर्षको भट्टीबाट वर्गविहीन समाज निर्माण गर्न चाहान्छौ। अवसरबादी हरुलाई सिध्याउदै कावरहरू लाई ठेगान लगाउँदै वर्षी देखि गुलाम बनाएका नागरिक स्वदेश फिर्ता गर्न बैदेशिक रोजगार बन्द गरी स्वदेशमै रोजगारको ज्ञारेण्टी गर्न सुकुम्बासी आदीवासी जनजाती सवै हेपिएका वर्गको उत्थान रहित बर्ग बिहिन समाज निर्माण गर्न रुपान्तरणको खाका सहित दलाल भष्ट संसदीय व्यवस्था लाई ध्वस्त पादै कार्यकारी राष्ट्रध्यक्षको निर्माण गरेर नेपाललाई मालेमावादी सिद्धान्त अनुरूप वैज्ञानिक समाजवाद अन्तर्गत मुलुकको भविष्य कोर्नेछौ।हामी हाम्रा जनतालाई (माओवादी)ले हिजो जे भनेको थियो त्यो अवस्य पुरा गर्नेछौ।

राष्ट्रिय स्वाधिनताको रक्षा गर्न तत्पर रहने शक्ति माथी दमन निरङ्कशताको पराकाष्ठा देखाउने व्यबहार (माओवादी)लाई सहिय छैना(माओवादी)सकियो भन्ने सपना कसैले पनि नदेख्दा राम्रो होला।त्यसैले संसदिय व्यवस्था रहदा सम्म यो मुलुकको समृद्धि सम्भव छैना यो देशलाई कम्युनिष्टको वास्तविक शासन पद्धतिले सञ्चालन गर्दै वैज्ञानिक समाजवाद हुदै साम्यवादमा पुग्ने प्रमुखलक्ष्य उद्देश्य सहित अगाडि बढ्नुपर्छ तसर्थ वैज्ञानिक समाजवादको बाटोमा अगाडी बढ्न यो व्यवस्थाको अन्त्य हुनैपर्छ। सम्पुर्ण मजदुर किसान सुकुम्बासी विद्यार्थी कर्मचारी पत्रकार लगाएत हेपिएका दविएका सोशित पिडित जनता प्रतिकृयाबादी संसदिय व्यवस्था विरुद्ध सशस्त्र जनविद्रोह मार्फत वैज्ञानिक समाजवादको बाटोमा अघि बढौं। कथित संसदवादीहरुको बैशाख ३० गतेको चुनाव सशक्त रुपमा बहिष्कार गरौं । बैशाख २९-३०गते दुई दिन नेपाल बन्द सफल पारौं।’ कमरेड नेपाल महासचिव हस्ताक्षर विज्ञप्तिमा भनिएको छ।

हेर्नुस् यस्तो छ विज्ञप्ति

प्रतिक्रिया दिनुहोस