Latest News

एमाले उपमेयर उम्मेदवार सुनिता डंगाेलविरुद्ध अख्तियारमा उजुरी, लाग्यो यस्तो आरोप

Nepalese Times May 3, 2022 (10 Month ago)    785 Views

काठमाडाैँ- काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट उपमेयरकी उम्मेदवार सुनिता डंगाेलविरुद्ध अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगमा उजुरी परेकाे छ।

शैक्षिक प्रमाणपत्र ढाँटेर महानगरको योजना आयोगको विज्ञ सल्लाहकारको नियुक्ति लिई ५ वर्षको तलबभत्ता लिएर भ्रष्टाचार गरेको भन्दै १६ वैशाखमा कारबाही गरीपाऊँ भन्दै उजुरी दर्ता भएको हाे।

डंगोलविरुद्ध शैक्षिक योग्यता ढाटेर काठमाडौं महानगरपालिकामा विगत पाँच वर्षदेखि सल्लाहकारको नियुक्ति लिइ गैरकानुनी रुपमा तलब लिएको भन्दै अख्तियारमा उजुरी परेको हो। समाजशास्त्र विषयमा स्नातक तह उत्तीर्ण गरेको व्यक्ति कुनै पनि प्राविधिक तर्फको सल्लाहकार हुन नसक्ने उजुरीमा दाबी गरिएको छ।

‘काठमाडौं महानगरपालिकामा रहेको शहरी विकास परियोजना जस्तो प्राविधिक विषयको ज्ञाता हुन पर्ने निकायमा समाजशास्त्र विषयमा स्नातक गरेको व्यक्ति काठमाडौं महानगरपालिका वडा २१ फसिगाँ बस्ने सत्तु डंगोलकी छोरी सुनिता डंगोलले आफूले प्राप्त नगरेको स्नातकोत्तर योग्यता प्राप्त गरेको छु भनि आफ्नो शैक्षिक योग्यता ढाँटी विगत ५ वर्षदेखि काठमाडौं मनपाको शहरी विकास परियोजनाको सल्लाहकारमा नियुक्त लिइ मासिक रु ८० हजार गैह्र कानुनी रुपमा प्राप्त गर्नु भएको छ’ अख्तियारमा डंगोलविरुद्धको उजुरीमा भनिएको छ।

अख्तियारमा उक्त उजुरीको दर्ता नम्बर सी-०३२५३१, ०७९-०१-१६, १५२६२३८५ रहेकाे छ।

प्रतिक्रिया दिनुहोस