Latest News

आज कहाँ-कहाँ हुँदैछ वर्षा ?

Nepalese Times May 3, 2022 (1 Year ago)    578 Views

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रही प्रदेश १ को एक वा दुई स्थानमा हल्का वर्षाको भइरहेको छ।

अहिले बिहान पनि प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले जानकारी दिइन्।  आज दिउँसो पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

यस्तै राति प्रदेश १, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

प्रदेश १, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

वैशाख २० गते मंगलबार
दिउँसो : पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ। पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहने छ। प्रदेश १, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

वैशाख २१ गते बुधबार
दिउँसो : देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ। देशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको हुने सम्भावना छ।

राति : देशको पहाडी भूभागमा आंशिक बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहने छ। प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

वैशाख २२ गते बिहीबार
दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भूभागमा आंशिक बदली रहनेछ। देशको पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राति : देशको पहाडी भूभागमा आंशिक बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहने छ। प्रदेश १ , मधेश प्रदेश तथा बागमतीका केही र बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस