Latest News

एमालेले दियो ईश्वर पोखरेललाई महत्वपूर्ण जिम्मेवारी

Nepalese Times May 2, 2022 (3 Year ago)    921 Views

काठमाडौँ– नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाको चुनावी प्रचार–प्रसार अभियानको नेतृत्वमा उक्त पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अघि सारेको छ ।

एमालेले पोखरेललाई ‘काठमाडौँ महानगर निर्वाचन परिचालन निर्देशक समिति’को संयोजकको जिम्मेवारी दिएको छ ।

‘चुनावी प्रचार–प्रसारलाई तीव्र बनाउँदै मेयर–उपमेयरसहित ३२ वटै वडाका सबै उम्मेदवारलाई विजयी गराउन नेकपा (एमाले)ले अब चुनावी मैदानमा उत्रिएको छ,’ चुनावी कमान्डको नेतृत्व सम्हाल्दै पोखरेलले भने, ‘चुनावी अभियान ३२ वटै वडामा अझै व्यवस्थित ढंगले अघि बढाइनेछ ।’

पोखरेलले आजै ३२ वटै वडाको गतिविधि र त्यहाँ भैरहेको चुनावी प्रचारबारे जानकारी लिएको नेकपा (एमाले) काठमाडौँ महानगर कमिटीका अध्यक्ष तथा निर्देशक समितिका सदस्य निर्मल देउलाले बताए ।

देउलाले अब मुलुकको सबै भन्दा ठूलो र पुरानो महानगर काठमाडौं महानगरपालिकाको चुनावी गतिविधि थप संयमित र व्यवस्थित ढंगले अघि बढ्ने बताए।

एमालेले काठमाडौं महानगर प्रमुखमा केशव स्थापित र उपप्रमुखमा सुनिता डंगोललाई अघि सारेको छ।

प्रतिक्रिया दिनुहोस