Latest News

कांग्रेसका यी उम्मेदवार पाउमा हजारका नोट चढाउँदै भोट माग्दै

Nepalese Times May 2, 2022 (1 Year ago)    755 Views

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका वडा नं १० का वडा अध्यक्षका अमृत खनालले मतदाताहरुको पाउमा दाम चढाइरहेको भेटिएको छ ।

खनालले यसरी मतदाताको पाउमा हजारका नोट राख्दै ढोगेर भोट मागिरहेको खुलेको हो । खनाल नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार हुन् । उनी अहिले चुनावी प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा छन् ।

सोही क्रममा प्रत्येक घरमा गएर पाउमा दाम चढाउँदै उनले भोट मागिरहेको स्थानीयले बताएका छन् । हाकाहाकी पैसा दिएरै भोट मागिरहेको थापा पाए पछि सोही वडामा नेकपा एमालेका उम्मेदवार तथा कार्यकर्ताहरुले भने आपत्ति जनाउँदै विरोध गरेका छन् ।

यस्तै यहि बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्र कसले उम्मेदवारी दिने भन्ने विषयमा चर्चामा आएको भरतपुर महानगरपालिकामा चुनावकै प्रसङ्गमा अर्को रोचक दृष्य देखिएको छ ।

चितवन भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार विजय सुवेदीले चुनावी प्रचारका क्रममा मतदाताको खुट्टा ढोगेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भरतपुरको पार्वतीपुरमा एमालेका मेयर उम्मेदवार सुवेदीलले ८३ वर्षका धनवल्लव न्यौपानेलाई खुट्टामा ढोगेका हुन् ।

१३ सालका एक मात्र कम्युनिष्ट नेता, सुवेदीलाइ राजनीति सिकाउने गुरु भएर खुट्टा ढोगेर सम्मान गरेको उनका स्वकीय सचिव सुरेश पौडेलले बताएका छन् ।

उनले पदमपाणि सुवेदीको गोडा ढोगेको स्थानीयले बताएका छन् । मेयरका उम्मेद्वार सुवेदी भन्छन्, ‘जहाँ हुर्किएँ खेलें, उहाँ यहाँकै राजनीतिक अभिभावक हुनुहुन्छ । २०४१ सालमा विद्यार्थी आन्दोलनमा मलाई कुटपिट हुँदा समेत उहाँले संरक्षण गर्नुभयो । उहाँप्रति म सँधै श्रद्धा गर्छु । केही अगाडि उहाँ निकै बिरामी पनि हनुहुन्थ्यो । निको भएकाले आज मैले उहाँको आशीर्वाद लिने मौका पाएँ, त्यसैले श्रद्धाले खुट्टामा ढोग गरेको हुँ ।’

प्रतिक्रिया दिनुहोस