Latest News

कति खर्च गर्न पाउँछन् मेयरदेखि वडा सदस्यसम्‍मका उम्मेदवारले ?

Nepalese Times May 2, 2022 (1 Year ago)    615 Views

काठमाडौँ- स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले उम्मेदवारी र निर्वाचन चिह्न आइतबार टुंगो लगाएसँगै राजनीतिक दलका प्रतिनिधि र स्वतन्त्र उम्मेदवारहरू मतदाताको घरदैलोमा सक्रिय हुन थालेका छन ।

आयोगले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा भावी नेतृत्वका लागि दाबी गरेका उम्मेदवारले बढीमा ७ लाख ५० हजार रुपैयाँ तथा कम्तीमा २५ हजार रुपैयाँसम्मको सीमा तोकेको हो ।

निर्वाचन आयोगका अनुसार महानगरपालिका मेयर तथा उपमेयरले ७ लाख ५० हजार र वडाअध्यक्ष र सदस्यहरूले ३ लाखभन्दा बढी खर्च गर्न पाउने छैनन् ।

मेयर तथा उपमेयरले मतदाता नामावली खरिदमा १ हजार रुपैयाँ, सवारी साधन र घोडचढीमा १ लाख ५० हजार, सवारी इन्धन र दानमा ४० हजार, प्रचार प्रसार सामाग्रीमा १ लाख, ढुवानीमा २५ हजार, गोष्ठी कार्यकर्ता परिचालनमा १ लाख ३९ हजार, अन्य प्रचार प्रसार (छापा तथा विद्युतीय माध्यम) मा ९५ हजार, कार्यालय सञ्चालनमा १ लाख, प्रतिनिधि परिचालनमा ७५ हजार र बिबिधमा २३ हजार गरी ७ लाख ५० हजार रुपैयाँको सीमाभित्र रहेर खर्च गर्नुपर्ने आयोगले जनाएको छ ।

यसैगरी वडा अध्यक्ष, वडा सदस्य, महिला, दलित वा अल्पसंख्यक सदस्यले मतदाता नामावली खरिदमा ५ सय, सवारी साधन र घोडचढीमा ३० हजार, सवारी इन्धन र दानमा १५ हजार, प्रचार प्रसार सामाग्रीमा १ लाख, ढुवानीमा १० हजार, गोष्ठी कार्यकर्ता परिचालनमा ७५ हजार, अन्य प्रचार प्रसार (छापा तथा विद्युतीय माध्यम) मा २० हजार, कार्यालय सञ्चालनमा २० हजार, प्रतिनिधि परिचालनमा २५ हजार र बिबिधमा ४ हजार ५ सय गरी ३ लाख रुपैयाँ भित्रको सीमाभित्र रहेर खर्च गर्नुपर्ने आयोगले सूचना जारीसमेत गरिसकेको छ ।

गत आइतबार स्थानीय तहका उम्मेदवारले चुनाव चिह्न पाएलगत्तै सोमबारबाट घरदैलो अभियानलाई तीब्रता दिएका छन् । स्थानीय तहको निर्वाचन आउन ११ दिन मात्रै बाँकी छ । संविधानसभाबाट नयाँ संविधान जारी भएपछि आयोगले ३० वैशाखका लागि दोस्रो पटक स्थानीय तहको निर्वाचन गर्दैछ ।

त्यस्तै उपमहानगरपालिकाका मेयर र उपमेयरले ५ लाख ५० हजार तथा वडा अध्यक्ष र वडा सदस्यहरुका लागि ३ लाख रुपैयाँसम्म मात्र खर्च गर्न सक्ने गरी खर्चको सीमा तोकिदिएको छ ।

उपमहानगरका मेयर तथा उपमेयरले मतदाता नामावली खरिदमा १ हजार, सवारी साधन र घोडचढीमा १ लाख १० हजार, सवारी इन्धन र दानमा २६ हजार, प्रचार प्रसार सामाग्रीमा ८५ हजार, ढुवानीमा १५ हजार, गोष्ठी कार्यकर्ता परिचालनमा १ लाख, अन्य प्रचार प्रसार (छापा तथा विद्युतीय माध्यम) मा १ लाख, कार्यालय सञ्चालमा ४० हजार, प्रतिनिधि परिचालनमा ६० हजार र विविधमा १३ हजार गरी ५ लाख ५० हजार रुयैँया मात्रै खर्च गर्न पाउने सीमारेखा कायम गरेको हो ।

यसैगरी, वडा अध्यक्ष, वडा सदस्य, महिला र दलित अल्पसंख्यक सदस्यहररूले मतदाता नामावली खरिदमा ५ सय, सवारी साधन र घोडचढीमा २० हजार, सवारी इन्धन र दानमा १५ हजार, प्रचार प्रसार सामाग्रीमा ३५ हजार, ढुवानीमा ८ हजार, गोष्ठी कार्यकर्ता परिचालनमा ६५ हजार, अन्य प्रचार प्रसार (छापा तथा बिद्युत्तिय माध्यम) मा १५ हजार, कार्यालय सञ्चालनमा ६७ हजार, प्रतिनिधि परिचालनमा २० हजार र विविधमा ४ हजार ५ सय गरी २ लाख ५० हजार रुयैँया भित्रको सीमामा रहेर खर्च गर्नुपर्ने आयोगले जनाएको छ ।

गत आइतबार स्थानीय तहका उम्मेदवारले चुनाव चिन्ह पाए लगत्तै सोमबार बिहानैदेखि घरदैलो अभियानलाई थप तीब्रता दिएका छन ।

प्रतिक्रिया दिनुहोस