Latest News

इन्धनको मूल्य फेरि बढेर आयो, निगमले सार्वजनिक गर्यो नयाँ मूल्यसूची (विज्ञप्तिसहित)

Nepalese Times May 2, 2022 (1 Year ago)    1205 Views

काठमाडौं । आईओसीले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर नयाँ मूल्यसूची पठाएको छ ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४.८४ रुपैयाँले बढेर १८३ रुपैयाँ २ पैसा पुगेको छ । यस्तै, डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँ ०८ पैसाले बढेर १८३ रुपैयाँ १३ पैसा पुगेको नेपाल आयल निगमले जनाएको छ ।

यसअघि डिजेल भन्दा पेट्रोलको खरिद लागत बढी हुने गरेकोमा अब डिजेलको लागत बढी भएको छ । यस्तै, मट्टीतेलको खरिद लागत बढेर १३६ रुपैयाँ ३३ पैसाबाट १४० रुपैयाँ १९ पैसा पुगेको छ ।

आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १३९ रुपैयाँ २४ पैसाबाट बढेर १४३ रुपैयाँ ३६ पैसा र बाह्यतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ११९ रुपैयाँ ६४ पैसाबाट बढेर १२३ रुपैयाँ ७८ पैसा पुगेको छ ।

यस्तै, खाना पाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर ९८ रुपैयाँ ७३ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा केही महिनायता लगातार बढिरहेको इन्धनको मूल्यको प्रत्यक्ष असर नेपालीहरूको भान्सा परेको अधिकारीहरूले बताएका छन्।

उनीहरूका अनुसार इन्धनको मूल्य यही रफ्तारमा बढिरह्यो भने ठूला आयोजनाको लागत बढ्नेछ भने सबैभन्दा ठूलो असर नेपालले बेहोरिरहेको व्यापार घाटामा पर्नेछ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य उकालो लाग्ने क्रम जारी रहँदा देखिने गरी सवारीसधानको भाडा बढेको छ।

पेट्रोलियम कारोबार गर्ने एक मात्र निकाय नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको र त्यसैअनुसार भारतमा तोकिएको मूल्य बढेकाले नेपालमा पनि मूल्य उकालो लाग्ने क्रममा रहेको जनाएको छ।

प्रत्यक्ष र परोक्ष रूपमा अर्थतन्त्रमा व्यापक प्रभाव पार्ने पेट्रोलियम पदार्थको मूल्य बढ्नु राम्रो नमानिए पनि भारतीय बजारमा भन्दा धेरै सुलभ मूल्यमा कारोबार गर्दा थेग्नै नसकिनेगरी नोक्सानी बढ्ने एक अर्थशास्त्री बताउँछन्।

प्रतिक्रिया दिनुहोस