Latest News

देउवाको निर्देशनप्रति असन्तुष्टि जनाउँदै कांग्रेसका यी १० उम्मेदवारले दिए सामूहिक राजीनामा

Nepalese Times May 2, 2022 (1 Year ago)    665 Views

काठमाडौं । गोरखाको पालुङटार नगरपालिकामा कांग्रेसका उम्मेदवारहरूले सामूहिक राजीनामा दिएका छन् । सत्तारुढ दलका दुई शीर्ष नेताले मेयर पदमा हस्तक्षेप गरेको भन्दै उनीहरुले सामूहिक राजीनामा दिएका हुन् ।

काँग्रेसका सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईको व्यक्तिगत स्वार्थका कारण हस्तक्षेप गरेको भन्दै उम्मेदवारहरूले राजीनामा दिएका हुन् ।

पालुङटार नगरपालिकाका १० वटै वडाका उम्मेदवारहरूले राजीनामा दिएको काँग्रेस स्रोतले जनाएको छ । उम्मेदवारहरूले राजीनामा पत्रमा सामूहिक हस्ताक्षर गरेर पार्टीको नगर समितिलाई बुझाएका छन् ।

गृह जिल्ला गोरखा भएका डा. भट्टराईको निर्वाचन क्षेत्रअन्तर्गत पालुङटार नगरपालिका पर्छ । तर, त्यहाँ एक्लाएक्लै चुनाव लड्दा जसपाले जित्ने सम्भावना न्यून रहेको विश्लेषक बताउँछन् ।

सोही कारण भट्टराई आफ्नो निर्वाचन क्षेत्रमा काँग्रेससँग तालमेल गरेर नगरपालिकामा आफ्नो पार्टीका मेयरलाई जिताउने रणनीतिमा छन् ।

गत १० गते नै जिल्लामा काँग्रेसले पत्रकार सम्मेलन गरेर गोरखामा केही नेताको स्वार्थका कारण गठबन्धन गर्न नसकेको बताएको थियो । त्यस बेला पनि भागबण्डामा कुरा नमिलेर गठबन्धन बन्न नसकेको हो ।

तर, जिल्लामा गठबन्धन तोडिए पनि बाबुरामले पालुङटारमा आफ्नो पार्टीले मेयर नपाइ सरकार ढाल्ने बताएपछि देउवाले गत १६ गते ९शुक्रबार० निर्वाचन अधिकृतको कार्यालयमा आफ्ना पार्टीका मेयर पदका उम्मेदवारको उम्मेदवारी फिर्ता गरेको भन्दै पत्र पठाएका थिए ।

तर, देउवाले पठाएको पत्र ढिलो आएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले काँग्रेसका उम्मेदवार दीपकबाबु कँडेलको नाम अन्तिम नामावलीमा प्रकाशन गर्‍यो ।

यति हुँदा पनि देउवाले लगातार कँडेललाई उम्मेदवारी फिर्ता गर्न भन्दै निर्देशन दिन नछाडेपछि कँडेलले आइतबार दिउँसो विज्ञप्ति निकाल्दै केन्द्रको निर्णय कार्यान्वयन गर्न भनेका छन् ।

कँडेलले केन्द्र निर्देशन स्विकार्न बाध्य भएपछि नगरपालिका भित्रका काँग्रेसका सबै उम्मेदवारले सामूहिक राजीनामा दिएका हुन् । यो नगरपालिकाममा मात्रै नभई केन्द्रको हस्तक्षेपका कारण्मा धेरैजसो ठाउँमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले विद्रोह गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस