Latest News

ज्वालामुखीको उपाध्यक्षमा ‘आँप’ चिन्ह लिएर दिनेश रमण चुनावी मैदानमा, यस्ता छन् प्रतिवद्धता

Nepalese Times May 1, 2022 (1 Year ago)    886 Views

काठमाडौं । धादिङको ज्वालामुखी गाउँपालिकाको उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका दिनेश रमण आचार्यले चुनाव चिन्ह आँप पाएका छन् । उनले बैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको चुनावमा ज्वालामुखी गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।

यस्ता छन् उनका प्रतिवद्धताहरु
पालिकामा स्तरमा हुने नितिगत भस्टाचार को अन्त्य गर्ने,  जनोत्तरदायी शासन व्यवस्था,  सामाजिक न्ययमा आधारित शासन प्रणाली,-कानुनी शासन व्यवस्था, भ्रष्टाचारमा सून्य सहनसिलता, सामाजिक उत्तरदायित्वसहितको शासन प्रणााली ।

मेरो ज्वालामुखि बिकाशको मार्गचित्र।
भौतिक पूर्वाधार
गाउँ गाउँमा खानेपानीको सुबिधा उपलब्धता, नयाँ सडक बिस्तार तथा ज्वालमुखी प्रेवेश गर्न तीन सडक कालोपत्रे गर्ने, बुढिगण्डकी लिफ्ट गरि सिन्चाई सुबिधा उपलब्ध गराउने ।

शिक्षा
सरकाररि विद्यालयलाइ निजी बिधालयकोभन्दा बढी गुणस्तरको पठनपाठन योग्य बनाउने, शिक्षाको पहुँचमा 100% ल्याउने
आर्थिक अवस्था कमजोर भएका परिवार यकिन गरि १२ कक्षासम्म छात्रवृत्ति त्यहीँ स्थानीय स्तरमा रोजगार सिर्जना गर्ने र विद्यालयमा हुने राजनीति अन्त्य गर्ने ।

विद्यालयम हुने चरम हिनामिना को छानविन, स्वस्थ प्रतिस्पर्धामा शिक्षक नियुक्ति गर्ने, कम्पुटर शिक्षा , लाभदायिक पुस्तकालय र ईन्टरनेट सहितको कक्षा संचालन ।

technical शिक्षा ISEAG, lab technican JTA vetanary जस्ता शिक्षालयको व्यवस्था गर्ने । आधारभुत तहवाट नै कृषिमा आधारित jta , स्वास्थमा आधारित नुर्सिङ lab technican civil engenering लेवलको स्य्लबस complasary अध्ययन गराउने ।

स्वास्थ
गाउँपलिकमा पचास सैयाको एक hospital रहने छ,  प्रतेक वाडमा एक स्वास्थ चौकी र डाक्टरको व्यवस्था हुनेछ, जो सामान्य रोगको सिकार हुन नपरोस्। पालिकामा अक्सिजन प्लान्टसहिद सेवा हुनेछ । प्रत्येक स्वस्थ चौकिमा एम्बुलेन्स रहनेछ । बालबालबालिका वृद्ध र सुत्केरी स्याहार सम्बन्धमा थप सेवा जस्तै :सुत्केरी भत्ता, विभिन्न निसुल्क औसधिहरु नि-शुल्क स्वास्थ परिक्षण गरिनेछ ।

रोजगार
पालिकामा विभिन्न रोजगार कार्यक्रम हुनेछ । कृषिमा आधारित कलकारखाना खोल्न सस्तोमा व्याजदर ऋण दिइनेछ ।  सम्भाव्यता अध्ययन गरेर विभिन्न कृषि पक्केट क्षेत्र घोषण गरिने । पशुपालन र यससँग सम्बन्धित कलकारखाना संचालन गरिने । पालिकाभित्रका खनिज, खानी संचालन गरिने ।

हरेक ठाँउमा विभिन्न सम्भावना छ, सम्भावनाको पहिचान गरेर नीति तथा कार्यक्रम थप गरिने । रोजगारी सिर्जना गरिने जहाँबाट स्थानीय लाभान्वित हुन सक्नेछन् । यस्तै विभिन्न सीपमुलक तालिमको व्यवस्था गर्ने, बजारको व्यवस्थापन गर्ने ।

पर्यटन र यातायात
विभिन्न ठाउँमा रहेका ऐतिहासिक सम्पदा ,पर्यटकीय स्थान र सम्भाव्यताको पहिचान गर्ने । ज्वालमुखि मन्दिरलाई बिश्वसम्पदा सुचीमा पार्न पहल गरिनेछ । मैदिकोट पर्यटकीय स्थलको रूपमा  विकास गरनेछ । ढोला मन्डली मन्दिरलाई व्यवस्थापन गरिनेछ । काउले डाँडालाई picinic sport र park बनाई आन्तरिक पर्यटनको विकास गरिनेछ । हरेक टोलको वा समुदायको फोरोर निश्चित ठाउँमा ब्यबस्थापन गर्ने  जस्ले समुदायलाई कुनै असर गर्दैन।

युवा तथा खेलकुद
एक वडा एक खेलकुद मैदान निर्माण गरिनेछ । विद्यालय स्तरमा नै विद्यार्थीको चाहना अनुसार खेलकुदको व्यवस्थापन गरिनेछ । गाउँपलिका स्तरको खेल प्रतियोगिता गरिनेछ । खेलकुद विकासको लागि पालिकामा एक कवडहल बनाईनेछ।

प्रतिक्रिया दिनुहोस