Latest News

देउवाको निर्देशन स्वीकार गर्दै अन्ततः कांग्रेसका मेयर उम्मेदवार पछि हटे

Nepalese Times May 1, 2022 (1 Year ago)    966 Views

काठमाडौं । नेपाली कांग्रेसका दिपकबाबु कँडेलले गोरखाको पालुङटार नगरपालिकाको मेयरमा दिएको उम्मेदवारीबाट पछि हटेका छन् ।

उनले आइतबार वक्तव्य जारी गर्दै गठबन्धनका उम्मेदवारलाई समर्थन गरेको जानकारी गराएका हुन् । नेपाली कांग्रेस पार्टीलाई पालुङटार नगरपालिकाको प्रमुख पदमा आफूलाई उम्मेदवार बनाएको भएतापनि पछिल्लो समय नेपाली कांग्रेस केन्द्रले गरेको निर्णयलाई उनले स्वीकार गरेका छन् ।

आफूले केन्द्रको निर्णय मान्न तयार रहेको भन्दै पार्टीको निर्णय कार्यान्वयन गर्न सबैसाग आग्रहसमेत गरेका छन् । उनी निवर्तमान मेयर हुन् । चुनावी तालमेलको प्रयास असफल भएपछि कांग्रेसले सबै पदमा उम्मेदवारी दिएको थियो । मेयरमा कँडेलले उम्मेदवारी दिएका थिए ।

तर जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको जोडबलमा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले कँडेलको उम्मेदवारी फिर्ताको पत्रसमेत पठमएका थिए ।

तर उम्मेदवारी फिर्ताको समय सकिसकेको भन्दै निर्वाचन कार्यालयले स्वीकार गरेन । अब उपमेयरमा कांग्रेसकी चेतकुमारी श्रेष्ठलाई समर्थन गर्ने छ । जसपाले उपमेयरको उम्मेदवारी फिर्ता लिइसकको छ ।

यस्तै सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसको काठमाडौं महानगरको मेयर उम्मेदवार सिर्जना सिंहले आइतबारदेखि घरदैलो सुरु गरेकी छिन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उनी आइतबारबाट काठमाडौं महानगर क्षेत्रमा मतदाताको घरघरमा पुगिरहेकी छिन् ।

नेतृ सिंहको सचिवालयले आइतबारदेखि वैशाख २७ गतेसम्म बिहान र साँझ गरेर घरदैलो गरिने कार्यक्रम तय गरेको छ। जसअनुसार उनी आइतबार बिहान वडा नम्बर १ र १० मा घरदैलो गरेकी छिन् ।

सोमबार बेलुकी वडा नम्बर १६ मा घरदैलो गरिने सिंहको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार बिहानको घरदैलो कार्यक्रम ७ देखि १० बजेसम्म र बेलुकीको घरदैलो कार्यक्रम अपराह्न ४ बजेदेखि बेलुकी ७ बजेसम्म चल्ने छ।

 

प्रतिक्रिया दिनुहोस