Latest News

काठमाडौंका मेयर उम्मेदवार केशव स्थापितले गरे यस्ता महत्वपूर्ण घोषणा

Nepalese Times May 1, 2022 (1 Year ago)    597 Views

काठमाडौं । नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बनेका केशव स्थापितले आफूफुले पानी बाहेककको उपहार नलिने घोषणा गरेका छन् ।

आइतबार मे दिवसका अवसरमा काठमाडौमा भएको कार्यक्रममा उनले आधारभुत कुराहरु पहिला पुरा गरेर प्रशासनिक सुधार थाल्नेसमेत बताए ।

त्यसक्रममा उनले नागरिकले सप्रमाण भ्रष्टाचार गरेको भनेर आए ठाउँका ठाउँ कारवाही गर्नेसमेत घोषणा गरे । उनले १० वर्षमा दलितहरु नरहने समेत प्रतिज्ञा गरे ।

उनले आफ्ना समस्याका बारेमा नागरिहरुलाई आफुलाई सुनाउन आग्रह गर्दै भने, ‘सम्वाद गर्ने, यो यो भनेर माग गर्ने । यति देलाकि नदेला भनेर सानो पाराले नगर्ने है । यो पनि माग्ने त्यो पनि माग्ने, मैले हेरेझै गर्ने अनि केपी कमरेडको मुहार सम्झने र दनादन सही गर्ने, यति भनेपछि त हुन्छ होला नि त्यसैले यो सजिलो बाटो रोझौ ।’

आफु विजयी भए महानगरमालाई रुपान्तरण गरेर नयाँ महानगरपालिका बनाउने सयौं योजना रहेको उनले बताएका छन् । उनले शिक्षा, स्वास्थ्य, रोजगारी र विकासका सयौ योजना भएको भन्दै ती योजना कार्यान्वयन भए लाखौंले रोजगारी पाउने र काठमाडौको मुहार फेरिने दावी गरे ।

‘मसँग सयौं सय आइडियाहरु छ । यो मान्छे अनौठो कुरा गर्छ भन्छ, मेयरहरुले अनौठो नै कुरा गर्नुपर्छ’, स्थापितको भनाइ छ । उनले आफु निर्वाचित भएपछि ६ महिनासम्म सगुन खाएर र मोवाइल अफ गरेर नबस्ने भन्दै निर्वाचित भएको पर्सिपल्टबाट जनताका काममा लाग्ने र भटाभट निर्णय गर्ने बताए ।

यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा उठेका अन्य दलका उम्मेदवारहरु चर्चासमेत गर्न लायक नरहेको टिप्पणी गरेका छन् । निर्वाचनमा उम्मेदवार बन्ने इच्छा गर्नु अन्य दलका उम्मेदवारहरुको अधिकारको कुरा भएपनि उनीहरु चर्चा गर्न लायक नभएको उनको भनाइ थियो ।

उनले आवश्यक्ता नै नभएका अन्य दलका उम्मेदवारहरुलाई छोडेर एमालेका उम्मेदवारहरुलाई जिताउन आग्रह गरे । अध्यक्ष ओलीले काठमाडौंलाई विश्वकै नमूना राजधानी बनाउने, सफा राजधानी बनाउने र यहाँका बागमती, विष्णुमती नदीलाई पूर्ण सफा बनाउने संकल्पका साथ एमालेले काठमाडौं महानगरपालिकाको उम्मेदवार बनाएको बताए ।

उनले केशव स्थापितको अनुभव र अन्य युवा उम्मेदवारहरुको जोशलाई मिलन गरेर काठमाडौं महानगरपालिकालाई आफ्नो पार्टी समृद्ध बनाउन चाहेको पनि स्पष्ट पारे ।

 

प्रतिक्रिया दिनुहोस