Latest News

सत्ता गठबन्धनको बैठक सकियो, यस्ता छन् महत्वपूर्ण निर्णयहरु

Nepalese Times May 1, 2022 (1 Year ago)    676 Views

काठमाडौं । सत्ता गठबन्धनको बैठक सकिएको छ । बैठकले पाँच दलिय गठबन्धनमा समझदारी भएको तर समझदारी अनुरुप उम्मेदवारी फिर्ता नलिएको तथा फिर्ता लिने समय अपुग भएका स्थानहरुमा समझदारी अनुरुप काम गर्न आद्दआफ्ना दलले आद्दआफ्ना मातहतका निकायहरुलाई निर्देश गर्ने सहमति गरेको छ ।

यस्तै गठबन्धनको मर्म र भावना अनुरुप आपसी एकता कायम गर्दै निर्वाचनमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने निर्णय भएको मन्त्री झाँक्रिको भनाई छ । यो निर्णय पालना नगर्नेलाई आ-आफ्ना दलले कार्यवाही गर्ने निर्यणसमेत बैठकले गरेको छ ।

यसअघिको् समझ्दारी बमोजिम उम्मेदवारी फिर्ता नभएका र हुन नसकेका ठाउँहरुका बारेमा आजको बैठकमा गम्भीर छलफल भएको शहरी विकासमन्त्री रामकुमारी झाँक्रिले बताइन् ।

यस्तै मन्त्रिपरिषद्को बैठक आज (आइतबार) बस्दैछ। आज बस्ने मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने बताइएको छ। दुवै संगठनको नेतृत्व आजदेखि अनिवार्य अवकाशमा जाने भएकाले आज सरकारले निर्णय गर्न लागेको हो।

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहितका उच्च अधिकारीहरु र सशस्त्र प्रहरी बल नेपालका आईजीपी पुष्पराम केसी सहितका अधिकारीहरु आजदेखि अनिवार्य अवकाशमा जाँदै छन्।

सशस्त्रमा केहीदिन अघि राजु अर्याललाई एआईजीमा बढुवा गरिसकिएको छ। एक मात्र एआईजी भएकाले उनी नै आईजीपीमा बढुवा हुने निश्चित जस्तै छ। तर, यता नेपाल प्रहरीमा भने आईजीपी बढुवाको प्रतिस्पर्धामा चार जना एआईजी रहेका छन्।

यस्तै गृहमन्त्री बालकृष्ण खाँणले केन्द्र, प्रदेश र जिल्लाका सुरक्षा समितिका पदाधिकारी र सदस्यलाई निर्वाचन स्वच्छ निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कुनै कसुर बाँकी नराख्न निर्देशन दिएका छन्।

शनिबार आयोजित ‘स्थानीय तह निर्वाचन सम्बन्धमा’ सुरक्षा गोष्ठीमा गृहमन्त्री खाँणले निर्वाचन सम्पन्न हुने बेलासम्म देखिने सबै प्रकारका चुनौती उपलब्ध स्रोत र साधन उपयोग गरेर सामना गर्न तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्।

त्यस्तै उनले स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई आगामी दिनमा सुरक्षा निकायमा भर्ना हुँदा प्राथमिकतामा राख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिए।

‘निर्वाचनका लागि सरकारले एक लाख म्यादी प्रहरी भर्ना गरेको छ। उनीहरू निर्वाचनमा सुरक्षा दिँदा नयाँ भन्दा अनुभव प्राप्त हुन्छन्’, गृहमन्त्री खाँणले भने, ‘आगामी दिनमा सुरक्षा निकायले नयाँ भर्ना लिँदा मापदण्डअनुरुप भएका भएमा उनीहरूलाई प्राथमिकतामा राख्नुहोला।’

गोष्ठीमा निर्वाचन सुरक्षा सम्बन्धमा देखा परेका चुनौती र तिनको समाधान कसरी गरेर निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाधलीरहित तरिकाले सम्पन्न गर्ने भन्ने विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए।

‘मुख्यगरी निर्वाचनको सुरक्षा व्यवस्थामा देखिएका चुनौती र ती चुनौतीको समाधान कसरी गर्ने भन्ने विषयमा आज सुरक्षा गोष्ठी राखिएको हो,’ प्रवक्ता पोखरेलले भने, ‘जिल्लामा प्रमुख जिल्ला अधिकारीहरूले गरेका काम गोष्ठीमा प्रस्तुत गर्दा एउटा जिल्लाले गरेको काम अर्को जिल्लाले नगरेको हुनसक्छ, त्यसबाट एउटाको काम अर्कालाई सिकाइ हुने हुनाले फलदायी हुन्छ। तसर्थ भर्चुअल रूपमा गोष्ठी राखिएको हो।’

प्रतिक्रिया दिनुहोस