Latest News

मेयरबाट राजीनामा दिनुअघि रेनुले महानगरको लाखौं रकम बाँडेको प्रमाण सार्वजनिक (माइन्यूटसहित)

Nepalese Times May 1, 2022 (7 Month ago)    1338 Views

भरतपुर । भरतपुर महानगरपालिकाको मेयर पदबाट सत्ता गठबन्धनका साझा उम्मेदवार रेनु दाहालमाथि गम्भीर आरोप लागेको छ ।

उनले मेयर पदबाट राजीनामा दिएर फेरि उम्मेदवार बन्नुअघि महानगरबाट विभिन्न व्यक्तिलाई लाखौं रुपैयाँ वितरण गरिएको प्रमाण सार्वजनिक भएको छ ।

चैत १८ गते नगर कार्यपालिकाको ६४ औँ अर्थात् अन्तिम बैठकबाट निर्माण सम्पन्न नभएको आयोजना, आफूनिकटका नेता कार्यकर्ता लगायतलाई लाखौं रकम बाँड्ने निर्णय भएको माईन्युट सार्वजनिक भएको हो ।

महानगरको नगर कार्यपालिकाको अन्तिम बैठकमा माइन्यूट नै गरेर उपचार खर्चको नाममा विभिन्न व्यक्तिलाई ६ लाख ५५ हजार रुपैयाँ बाँड्ने निर्णय गरिएको छ भने उक्त रकम कम्तिमा १० हजारदेखि एक लाख रुपैयाँसम्म रहेको छ ।

२१ जनाको विवरणमध्ये भरतपुर १० का खेम दर्जीको रकम पाउनुपर्ने अवस्था नै उल्लेख नगरी एक लाख रुपैयाँ दिने निर्णय गरिएको छ।

२१ जनालाई वितरण गरिएको रकम विवरणमा ५० हजारमाथि उपचार खर्च दिइएका व्यक्तिहरुको रोगको विवरण तथा रकम दिनुपर्ने अवस्था प्रष्ट नखुलाइ रकम मात्रै दिने उल्लेख गरिएको छ ।

त्यस्तै ठेगाना समेत नखुलाइएका बुधन महतोको नाममा ५० हजार रुपैयाँ दिने निर्णय भएको माइन्युटमा देख्न सकिन्छ । ३० हजार रुपैयाँ रकम पाएका केदारमान आङ्दम्बेको रोग उल्लेख गरिएको छैन ।

त्यसैगरी भरतपुर महानगरको वडा नम्बर ८, कार्यालयको २ लाख रुपैयाँबाट ८ जना व्यक्तिलाई ३० र २० हजार रुपैयाँका दरले बाँडिएको छ ।जसमा चलिरहेको पसल सञ्चालन खर्च विवरण उल्लेख गरेर ३ जनालाई ३० र २० हजार रुपैयाँका दरले रकम वितरण गरिएको छ ।

बैठकको निर्णय नम्बर १८ मा उल्लेख गरिएको रकम वितरण विवरणमा वडास्तरीय वार्षिक बजेटबाट विनियोजन भएको विपन्न परिवारलाई सहयोग शीर्षकमा वडाबाट नै सिफारिस भएअनुसार बाँड्ने उल्लेख गरिएको उल्लेख गरिएको छ ।

‍‍‍‍====

प्रतिक्रिया दिनुहोस