Latest News

एमालेबाट ज्वालामुखी ६ मा मोहन श्रेष्ठ चुनावी प्रतिष्पर्धामा, जित सुनिश्चित रहेको दाबी

Nepalese Times May 1, 2022 (1 Year ago)    505 Views

काठमाडौं । नेकपा एमालेले धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ मा मोहन श्रेष्ठलाई चुनावी मैदानमा उतारेको छ । ज्वालामुखी ६ को वडा अध्यक्षमा आफू सक्षम उम्मेदवार भएकोले आफ्नो जित सुनिश्चित भईसकेको उनले दाबीसमेत गरेका छन् ।

भ्रष्टाचाररहित सुसानयुक्त समाज निर्माण गर्नका लागि वडा अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ । यसअघिका जनप्रतिनिधिले विभिन्न योजना तर्जुमा गर्ने क्रममा आफूखुशी निर्णय गरेको र आफू त्यो वेतिथिविरुद्ध काम गर्ने उनले प्रतिवद्धता जनाएका छन् ।

यस्तै उनले ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ का जनतालाई आवश्यक पूर्वाधार विकास गर्ने र सबैभन्दा नमूना र समृद्ध वडा बनाउन आफूले भूमिका निर्वाह गर्ने उनले प्रतिवद्धता जनाएका छन् ।

शिक्षा, स्वास्थ्य, यातायात, खानेपानीलगायत व्यवस्थापन गर्न अझै धेरै काम गर्न बाँकी रहेको भन्दै उनले विशेषतः कृषि क्षेत्रको विकासका लागि आफ्नो मुख्य मूमिका रहने उनको भनाइ छ ।

उनले यसअघिका जनप्रतिनिधिले ५ वर्षसम्ममा पनि औँलामा गन्न सकिने कुनै त्यस्तो विकासको काम गर्न नसकेकोले आफूले एकपटक वडा अध्यक्षको नेतृत्व गरेर काम गरेर देखाउन उम्मेदवारी दिएको बताएका छन् ।

ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ कृषि, संस्कृति र पर्यटन क्षेत्रले धनी बन्न सक्ने सम्भावना आफूले देखेको भन्दै उनले विभिन्न सांस्कृतिक सम्पदाको संरक्षण, खेतीयोग्य जमीनमा आवश्यक पूर्वाधार विकास, व्यवसायीक शिक्षा, गुणस्तरीय शिक्षा र स्वास्थ्यका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ मा वडा अध्यक्षमा श्रेष्ठसँगै वडा सदस्यहरुमा नेकपा एमालेबाट गुणबहादुर अर्याल र कृष्णबहादुर शाहीको पनि उम्मेदवारी परेको छ ।

यस्तै महिला सदस्यमा अञ्जु आले र दलित महिला सदस्यमा सम्झना परियार नेकपा एमालेबाट उम्मेदवार बनेका छन् । एमालेबाट ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा हरिराम लोहनी र उपाध्यक्षमा चन्द्रकुमारी अधिकारीले उम्मेदवारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस