Latest News

एकाएक डाकियो बालुवाटारमा गठबन्धन बैठक

Nepalese Times April 30, 2022 (1 Year ago)    696 Views

बालुवाटारमा सत्ता गठबन्धनका दलहरूको बैठक  बस्दै छ। स्थानीय तहको निर्वाचनका लागि तालमेल गरेका सत्ता गठबन्धनका दलहरूको बैठक बस्न लागेको हो।

चुनावी गतिविधिका समीक्षा र आगामी रणनीति बनाउन गठबन्धनमा आबद्ध पाँच दलकाे बैठक प्रधानमन्त्रीको सरकारी निवासमा बस्न लागेको हो।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायतका नेता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगिसकेका छन्।

यसअघि उनीहरूले गठबन्धन बाहिरका दलसँग गरिएका तालमेल खारेज गर्ने तथा बागी उम्मेदवार बनेकालाई उम्मेदवारी फिर्ता गराउने अन्यथा कारबाही गर्ने निर्णय गरेका थिए।

यस्तै महानगरपालिकाको मेयर पदका चर्चित उम्मेदवार बालेन शाहले लौरो चुनाव चिन्ह पाएका छन् । बैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको चुनावका लागि उनले चुनाव चिन्ह लौरो पाएका हुन् ।

यस्तै चितवनको भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसको असन्तुष्ट पक्षबाट मेयरमा स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलसहित स्वतन्त्र उम्मेदवारहरूले चुनाव चिह्न पाएका छन्।

स्वतन्त्र उमेदवार पौडेलले ‘भुइँकटहर’ चुनाव चिह्न पाएका छन् भने अरु मेयरका स्वतन्त्र उमेदवारहरू सुमन अधिकारीले मुडा, हरिशरण श्रेष्ठले आँप, हरिश्चन्द्र घिमिरेले जेब्रा, मिलन अधिकारीले हाँस, मोहित पाण्डेले पुतली, यामकान्त शर्मा कँडेलले लौरो, योगलाल श्रेष्ठले खानेपानीको धारा, रमेश भण्डारीले कैँची, रामकृष्ण ओझाले गुलाबको फुल, उद्धव अर्यालले व्याडमिन्टन र कुलराज कँडेलले खरायो चुनाव चिह्न पाएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले पौडेललगायतका स्वतन्त्र उमेदवारहरुलाई चुनाव चिह्न प्रदान गरेको हो । भरतपुरको मेयरका लागि ३० जनाले उमेदवारी दिएकामा शुक्रबार तीन जनाले उमेदवारी फिर्ता लिएका छन् ।

दलका उमेदवारहरुले भने दलकै चुनाव चिह्न पाएका छन् । गठबन्धनबाट मेयरको उमेदवार बनेकी रेनु दाहालले नेकपा माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्र हँसिया हथौडा र एमालेका विजय सुवेदीले सूर्य चुनाव चिह्न लिएर चुनाव लड्ने छन् ।

यस्तै स्थानीय तह निर्वाचनमा कैलालीको धनगढी उपमहानगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले पनि चुनाव चिन्ह पाएका छन् । उनले ‘आँप’ चुनाव चिन्ह पाएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार धनगढीमा उनलाई चुनाव चिन्ह ‘आँप’ प्रदान गरेको हो।
स्वतन्त्र उम्मेदवार हमालले गत आइतबार उपमहानगर प्रमुखका लागि उम्मेदवारी दर्ता गराए थिए।

प्रतिक्रिया दिनुहोस