Latest News

ज्वालमुखी ६ को वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार सुजनले पाए ‘गुलाफको फूल’ चुनाव चिन्ह

Nepalese Times April 30, 2022 (1 Year ago)    912 Views

काठमाडौं । ज्वालामुखी गाउँपालिका वडा नं ६ का वडाअध्यक्ष उम्मेदवार सुजन रमण आचार्यले ‘गुलाफको फूल’ चुनाव चिन्ह पाएका छन् ।

स्थानिय निर्वाचन आउन अब केहि दिन मात्रै बाँकी छँदा उनले चुनाव चिन्ह गुलाफको फूल पाएका हुन् । आइतवार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका थिए ।

आफ्नो व्यक्तिगत स्वार्थलाई छोडेर दलिय झण्डा नबोकी रास्ट्रको झण्डा बोक्न अभिप्रेरित गर्ने गर्नका लागि आफूले उम्मेदवारी दिएको र परिवर्तन अब युवाबाट मात्रै सम्भव रहेको उनको भनाइ छ । परिवर्तनका स्पष्ट एजेण्डाहरु साथ चुनावमा आफू होमिएको उनले बताएका छन् ।

यस्ता छन् प्रतिवद्धताहरु
१. शिक्षा
क. भविष्यका कर्णाधार बालबालिकाहरूको समुचित शारीरीक तथा मानसिक विकासको लागि मन्टेश्वरी प्रविधिको शिक्षण पद्धती अबलम्बन गरी बाल–शिक्षा शिक्षणद्वारा शैक्षिक गुणस्तर वृद्धि गर्न,

ख. प्रत्येक विद्यालयमा पुस्तकालय, आवश्यकता अनुसार कम्प्युटर ल्याब, शिक्षक–कर्मचारीको क्षमता अभिवृद्धि तालिमको व्यवस्था गर्न तथा शिक्षण पेशालाई समाजको जिम्मेवार, परीवर्तनकारी र सम्मानित पेशाको रुपमा सहर्ष स्थापित गर्न ।

ग. विद्यालयमा खेलकूद प्रवद्र्धन, वाल उद्यान निर्माण गर्न, विद्यार्थीहरुको व्यवहारीक सीप विकासको लागि परीणाममूखी स्थानिय पाठ्यक्रमको विकास गर्न ।

घ. विधालय व्यवस्थापन समितिलाई राजनैतिक हस्तक्षेपबाट मुक्त गरी विद्यालयप्रति पूर्ण उत्तरदायी बनाउन, विद्यालयलाइ गुणात्मक रुपले प्रतिष्पर्धी र आधुनिक बनाउन ।

२. स्वास्थ्य
क. सालबास स्वास्थ्य चौकीलाई सक्षम र अनुभवी स्वास्थ्यकर्मीबाट संचालन, आवश्यकता अनुसार क्षमता तथा दरबन्दी थप गरी २४ सै घण्टा स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाउन,

ख. गर्भवती तथा सुत्केरी महिलाको लागि उपचार खर्च, ज्येष्ठ नागरिक, अपाङ्गता भएका र दीर्घरोगीहरूलाई एम्बुलेन्स सेवा नि: शुल्क प्रदान गर्न,
ग. मासिक रूपमा प्रत्येक टोलमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्न,
घ. साविक चैनपुर ७, ८ र ९ नं. वडाबासीका लागि एक प्रथामिक उपचार केन्द्र (PHC) स्थापना गर्न,
ङ. वडामा भएका अपाङ्ग, फरक क्षमता भएका व्यक्ति तथा दीर्घरोगीको तथ्यांक अस्पतालमा व्यवस्थित गरी नीजहरुको लागि स्वास्थ्यसम्बन्धि विशिष्ट सेवा प्रदान गर्न ।

३. कृषि तथा पशुपालन
क. माटो परीक्षण गरी स्थान अनुसार कृषि उत्पादनको सम्भाव्यता अध्ययन, जग्गा चक्लाबन्दी गरी सामुहिक खेती तथा करार खेतीलाई प्रवद्र्धन गर्न, कृषि सडक, राजमार्ग अथवा वडाभित्रका सबै सडकमार्गको दायाँबायाँको जग्गामा फलफुल खेतीलाई प्रबद्र्धन गरी सो सडकहरुलाई फलफुल कोरीडोर (Fruit Corridor) को रुपमा विकास गरी देशकै नमुना वडा बनाउन,
ख. कृषि बाली, तरकारी, फलफूल उत्पादन गर्ने व्यक्ति तथा समूहलाई बीउ, तालिम तथा सिंचाईमा अनुदान, सहयोग गर्न, कच्चा कृषि उपज भण्डारणको लागि साना शीतभण्डार तथा प्रशोधन सुविधाको व्यवस्था गर्न,

ग. व्यावसायिक पशुपालन गर्ने व्यक्ति तथा समूहलाई मासिक रूपमा निःशुल्क पशु उपचार शिविर तथा परामर्श दिन,
घ. कृषि तथा पशु उत्पादनको बजार प्रवर्धनको लागि मोवाइल एप्लिकेशनको प्रयोग गरी इ-हाट बजार संचालन र सहजीकरण गर्न,
ङ. खेतीयोग्य जमीनको पूर्ण उपयोग गर्ने जग्गाधनीहरूलाई प्रोत्साहन गर्दै उचित पुरस्कार समेतको व्यवस्था गर्न, कृषि उत्पादकत्व बढाउन प्राबिधिक खोज तथा अनुसन्धान गर्न।

४. प्रविधिमैत्री स्थानीय पूर्वाधार
क. एक घर – एक धारा, शुद्द पिउने पानीको नियमित आपूर्ति, मुहान संरक्षण, लिफ्ट खानेपानीको लागि मासिक १ हजार युनिटसम्म विद्युत खपतमा विद्युत महशुल निशुल्क गर्न,
ख. बाह्रैमास चल्नेगरी दीगो विकासका अवधारणा समेटी सडक निर्माण गर्न, डोजरे विकास अन्त्य गर्न,

ग. हुलाक भन्ज्याङ – सांद भन्ज्याङ – खत्रीगाउँ – बेसीगाउँ – रानागाउँ – सालाबास – ओखलेपानी – डाँडागाउँ – छापगाउँ – गैह्रिगाउँ – काउलेडाँडा हुदै हुलाक भन्ज्याङ जोड्ने सडकलाई १२ महिना नै चल्नेगरी सुनखानी चक्रपथको रूपमा बिकास गरी सो सडकमार्गलाइ फलफूल कोरीडोरको रुपमा विकास गर्न,

घ. फोहरमैला व्यवस्थापन, वातावरण संरक्षणको लागि नांगा पाखा तथा सडक छेउ वृक्षारोपण गरी आगामी ५ वर्षमा कम्तिमा ५० हजार फलफूलका बिरुवा हुर्काउन, सामुदायिक वन तथा कबुलियती वनहरुमा फलफूलका विरुवाहरु रोपी समग्र वडाको उत्पादकत्व बढाउन,

ङ. वडाका सम्पूर्ण सेवाहरू प्रविधिमैत्री बनाउन, डिजिटल वडाको रूपमा विकास गर्न,

च. हरेक टोलमा इन्टरनेटको सहज पहुँच पुर्याउन, सार्वजनिक जमघट हुने स्थानमा निःशुल्क WIFI को व्यवस्था गर्न,
छ. चित्रेकालिका मन्दिर देखि चमेरे गुफा हुँदै जलामुखी मन्दिरसम्म पर्यटकीय पदमार्गको निर्माण गरी जलमुखी सर्किटको रुपमा पहिचान दिलाउन ।

ज. हालका खेल मैदानहरुलाई मर्मत, स्तरोन्नति गरी सबै किसिमका खेल खेल्न मिल्ने गरी एक कबर्ड हल सहितको खेल मैदान निर्माण गर्न,

झ. वडाको आय–व्यय विवरण चौमासिक रूपमा सार्वजानिक गर्न, संचालन भएका निर्माण कार्यका नियमित अनुगमन, गुनासो सुनुवाई तथा सार्वजानिक सुनुवाई अनिवार्य रूपमा गर्न ।

५. आर्थिक विकास, रोजगारी र पर्यटन
क. बेरोजगार युवाहरुलाई स्वरोजगारको ग्यारेन्टी गर्न, विदेश वा देशका अन्य स्थानबाट यस वडामा आइ नयाँ उद्यम स्थापना गर्ने उद्यमीहरुलाइ निजहरुको योगदानको आधारमा उचित छुट सुविधाहरु प्रदान गर्न,

ख. बिभिन्न सीपमूलक तथा स्वरोजगार तालिमहरूको व्यवस्था गर्न, बैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरू लगायतको ज्ञान, सीप र अर्थलाई परिचालन गर्न । देशका विभिन्न भागमा रहेका युवा उद्यमीहरुबीच उद्यमसम्बन्धि ज्ञान, सीप तथा प्रबिधि आदानप्रदान गर्ने व्यवस्था मिलाउन, व्यवसाय विकास सेवाको सहज उपलब्धताको प्रणाली विकास गर्न,
ग. जलमुखी मन्दिर, चित्रेकालिका मन्दिर तथा सालाबास क्षेत्रमा हरित सांस्कृतिक पार्क निर्माण गरी पर्यटन स्थलको रुपमा विकास गर्न।

६. सामाजिक तथा सांस्कृतिक विकास
क. वडाभित्रका सार्वजानिक स्थानमा धुम्रपान, मध्यपान तथा जुवातासलाई पूर्ण रूपमा निषेध गर्न,
ख. वडाका सम्पूर्ण धार्मिक तथा सांस्कृतिक क्षेत्रहरूलाई संरक्षण गर्न, सबै पर्व तथा जात्राको संरक्षण र प्रवर्द्धन गर्न, पर्व तथा जात्राको संरक्षणको लागि उचित बजेटको व्यवस्था गर्न,

ग. चमेरे गुफाको अध्ययन अनुसन्धान गरी सम्भावित पर्यटकीय क्षेत्रको रूपमा अगाडि बढाउन,
घ. उच्च सम्भावना भएका टोलहरूलाई होमस्टेको रूपमा विकास गर्न, पर्यटकको आगमन बढाउन,
ङ. सामाजिक सुरक्षा भत्ता वितरण सहज गर्न, एक घर एक बैँक खाता अनिबार्य गरी बैँकिङ्ग सेवामा सहज पहुँच पुर्याउन,
च. भ्रस्टाचार तथा अनियमितता विरुद्द शुन्य सहनशीलता, आफू नगर्ने – कसैलाई पनि गर्न नदिन ।

प्रतिक्रिया दिनुहोस