Latest News

माओवादी केन्द्रले प्रदेश इञ्चार्ज भट्टलाई गर्‍यो कारवाही, कस्ले पाए जिम्मेवारी ?

Nepalese Times April 30, 2022 (10 Month ago)    567 Views

स्थानीय तह निर्वाचनमा उम्मेदवार चयन गर्दा जथाभावी निर्णय गरेको भन्दै नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश इञ्चार्ज खगराज भट्टको अधिकार खोसेको छ ।

निर्वाचन प्रयोजनका सन्दर्भमा अबदेखि भट्टको हस्ताक्षर नचल्ने गरी माओवादी केन्द्रले उनको अधिकार खोसेको हो । माओवादी केन्द्रको आग्रहमा आयोगले भट्टको स्थानमा प्रदेश कमिटी अध्यक्ष हरिराम चौधरीको हस्ताक्षर कायम गरेको छ।

शुक्लाफाँटा नगरपालिकाको प्रमुख पदमा सुदूरपश्चिम प्रदेश समितिले लोकबहादुर ऐरको नाम सिफारिस गरेको थियो। तर, इन्चार्ज भट्टले निर्वाचन अधिकृतको कार्यालयमा आफैँ उपस्थित भएर नवराज ऐरको नाम दर्ता गराएका थिए।

भट्टको उक्त निर्णयविरुद्ध नगरका बहुमत वडाहरुले विरोध गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापन पत्र पठाएपछि विवाद झनै उत्कर्षमा पुगेको थियो।

नेता भट्टले बाजुरा र डडेल्धुरामा पनि केही उम्मेदवारहरु परिवर्तन गर्नुका साथै मनोनयन गरेकाहरुलाई समेत जबर्जस्ती फिर्ता लिन लगाएका थिए।

माओवादी केन्द्रमा प्रदेश कमिटी कार्यकारी हुने र इन्चार्जको भूमिका केन्द्रीय प्रतिनिधिको रुपमा समन्वयकारी मात्रै रहने भए पनि नेता भट्टले स्वेच्छाचारी र गुटगत निर्णय गरेको भन्दै उनको हस्ताक्षर परिवर्तन गरिएको एक नेताले बताए।

प्रतिक्रिया दिनुहोस