Latest News

ललितपुर महानगरका यी एमाले उम्मेदवार निर्विरोध निर्वाचित

Nepalese Times April 30, 2022 (1 Year ago)    880 Views

ललितपुर – स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिकामा एकजना महिला सदस्य निर्बिरोध हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले को तर्फबाट ललितपुर महानगरपालिका–११ दलित महिला सदस्य पदका उम्मेदवार सुचिना परियार निर्विरोध हुनुभएको हो ।

यद्यपी यसको आधिकारीक घोषणा निर्वाचन सकिएपछि मात्र हुनेछ । एक्लो उम्मेदवारी परेको कारण उहाँ निर्बिरोध हुनुभएको हो । सो वडामा अन्यपार्टीको तर्फबाट अन्य दलित महिलाले उम्मेदवारी दिएका थिएनन ।

नेपालको कानुन तथा संविधानले एक वडा एक दलित महिला सदस्य अनिवार्य हुनुपर्ने व्यवस्था गरेपनि सो वडामा दलित महिला सदस्यका लागि अन्य दलित महिलालले उम्मेदवारी दिएका छैनन ।

सो वडामा वडाध्यक्ष पदका लागि भने इन्द्रमान महर्जन तथा महिला सदस्यमा आपुलु महर्जनका र खुला सदस्यमा कृष्ण महर्जन र निरोज खड्गीले उम्मेदवारी दिनुभएको छ ।

एमालेको तर्फबाट खाता खोलेपछि मेयरका उम्मेदवार हरिकृष्ण र उपमेयरका उम्मेदवार मञ्जली शाक्यले ललितपुर महानगरमा निर्बिरोध भएकोमा खुसी खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस