Latest News

अध्यक्षसहित माओवादी केन्द्रका सबै उम्मेदवार निर्विरोध निर्वाचित

Nepalese Times April 30, 2022 (1 Year ago)    1518 Views

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका सबै पदमा निर्विरोध जनप्रतिनिधि चयन भएका छन्।

वैशाख १२ गते मनोनयन दर्ता गराएकाहरुले फिर्ता गरेपछि एकल उम्मेदवारी कायम भएर निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

निर्वाचन अधिकृत भोलाराज रेग्मीका अनुसार चारजना नेकपा माओवादी केन्द्र र एकजना स्वतन्त्र उम्मेदवार निर्विरोध भएका हुन्। वडाध्यक्ष दलित महिला सदस्य र महिला सदस्यमा क्रमश : नेकपा माओवादी केन्द्रका झकबहादुर छन्त्याल, सतमाया विक र सीता छन्त्याल निर्विरोध भएका हुन्।

यसैगरी माओवादी केन्द्रकै चुनाव चिह्नबाट मनोनयन दर्ता गराएका नेपाली कांग्रेसका वडा सभापति केआइसिङ छन्त्याल पनि निर्विरोध भएका हुन्। स्वतन्त्र उम्मेदवारी दर्ता गराएका गुनराम छन्त्याल पनि निर्विरोध भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार भवीन्द्र छन्त्याल, वडा सदस्यमा उम्मेदवारी दर्ता गरेका नेकपा माओवादी केन्द्रका अमृता छन्त्याल र स्वतन्त्र उम्मेदवार तारामान विकले मनोनयन फिर्ता गरेका हुन्।

झक र सीता यसअघि २०७४ को स्थानीय तह चुनावमा पनि निर्वाचित भएका थिए। धवलागिरि गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तालमेल गरेर उम्मेदवार बनाएका छन्। गुर्जाको वडाध्यक्ष माओवादीको भागमा परेको थियो।

प्रतिक्रिया दिनुहोस