Latest News

काठमाडौंसहित यी ठाउँमा वर्षा सुरु, मौसम सुधार कहिले हुन्छ ?

Nepalese Times April 30, 2022 (1 Year ago)    539 Views

काठमाडौं । अहिले काठमाडौंसहित देशका विभिन्न ठाउँमा पानी पर्न सुरु भएको छ । काठमाडौं, चितवनसहित वागमती प्रदेशका धेरैजसो ठाउँहरुमा, प्रदेश २, गण्डकी र प्रदेश १ मा पानी पर्न सुरु भएको मौसमविदले बताएका छन् ।

नेप्लिज टाइम्ससँग कुरा गर्दै मौसमविद् मञ्जु बासीका अनुसार लुम्बिनी प्रदेशको नवलपुर आसपास र पुर्वी भुभागमा पनि वर्षा सुरु भएको छ । यो प्रक्रिया भोलीसम्म नै रहने उनको भनाई छ ।

पश्चिमी बायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालमा न्युनचापिय रेखा बनेको र यसैको कारण नेपालका विभिन्न ठाउँहरुमा अहिले पानी पर्न सुरु भएको उनले बताएकी छिन ।

हाल देशमा स्थानिय वायु, उत्तर प्रदेश देखि पश्चिम बंगालको समथल भू-भागसम्म बनेको न्यून चापिय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार शनिबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

आज राती देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती प्रदेश , गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा र कर्णाली प्रदेश र मधेस प्रदेशका एक- दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै आईतबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र लुम्बिनी प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

आईतबार राती प्रदेश १, बागमती प्रदेश ,गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस