Latest News

केशव स्थापितलाई फेरि अर्को झड्का, कारबाहीको माग गर्दै यी ४५ संस्थाले निकाले संयुक्त विज्ञप्ति (विज्ञप्तिसहित)

Nepalese Times April 30, 2022 (1 Year ago)    633 Views

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेदवार केशव स्थापित एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिले थप विवादित बनेका छन् ।

स्थापितले सार्वजनिक कार्यक्रममा महिलालाई होच्याउने र चरित्र हत्या गर्ने अभिव्यक्ति दिएको भन्दै महिला पुनर्स्थापना केन्द्र (ओरेक), महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालसहित ४५ संघसंस्थाले उनलाई कारबाही गर्न माग गरेका छन्।

‘युर आर नाइस लेडी तर तपाईंको थुतुनो ठीक छैन’, ‘यो बहिनीले पनि वेश्यावृत्ति गर्छ भनेर म पनि छपाऊँ’ भन्नु’ आफैंमा लैंगिक हिंसा भएको उल्लेख गर्दै उनीहरूले स्थापितलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।

स्थापित उम्मेदवार हुन लायकको व्यक्ति नभएको भन्दै एमालेले उनलाई कारबाही गरी मेयर पदको उम्मेदवारी रद्द गर्न संघसंस्थाका प्रतिनिधिहरुले माग गरेका छन् ।

===========

=======================

=============

के थियो घटना ?

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपा एमालेबाट काठमाडौं महानगरको प्रमुख पदमा उम्मेदवार बनेका केशव स्थापित माइक समातेर जंगिरहेका थिए। उनी कुनै महिलालाई भनिरहेका थिए, ‘यु आर नाइस लेडी, तर थुतुनो ठीक छैन तपाईंको?’

खासमा भावना राउतले विगतमा उनी मेयर हुँदा दुई महिलाले उनले आफूहरूलाई यौन हिंसा (मिटु) गरेको आरोप लगाएको प्रसंग निकालेकी थिइन्। आखिर के भनेकी थिइन्, जसले केशव स्थापितलाई सार्वजनिक स्थानमै आक्रोशित बनायो?

यस्तो थियो भावना राउतले गरेको प्रश्न:

‘अलिकति विगतमा गएर हेर्दाखेरि तपाईंलाई दुई जना महिलाले मिटुको एलिगेसन्स (आरोप) लगाएका छन्। तपाईंले भोलि मेयर (पद) जितेको अवस्थामा तपाईंको अफिस जानलाई म सेफ (सुरक्षित) हुन्छु कि हुदिनँ? अथवा तपाईंकै उपमेयर सुनिताजी (उम्मेदवार सुनिता डंगोल) तपाईंको अफिसमा सेफ हुनुहुन्छ कि हुनुहुन्न?…त्यो गल्ती होइन, त्यसलाई अपराध भनिन्छ, अपराध भएको हो भने यहाँ पार्टिसिपेन्ट्स (सहभागी) सबैसँग अक्सेप्ट (स्वीकार) गर्ने क्षमता राख्नु होला। अपराध भएको होइन भने तपाईं मेयरको क्यान्डिेनेट (उम्मेदवार) हो, हामी सबैको भोट तपाईंलाई चाहिन्छ, र, तपाईंले जित्नुहुन्छ भन्ने आशा राख्नुहुन्छ भने…यो कुरालाई अड्रेस गर्न सक्नु भएन भने माफ गर्नुहोला केशव स्थापितजी तपाईं यो कुर्सीमा बस्ने नैतिकता पनि राख्नुहुन्न…मिटु भनेको सानो कुरा होइन…तपाईंले अपराध गरेको हो कि होइन? यदि हैन भने प्रमाणसहित आउनुहोस्, होइन भने तपाईं यो कुर्सी छाडेर जानुपर्ने हुन्छ।’

प्रतिक्रिया दिनुहोस