Latest News

आज २०७९ साल बैशाख १७ गते शनिवारको राशिफल हेर्नुहोस्

Nepalese Times April 30, 2022 (1 Year ago)    682 Views

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । कुनै कुराले अनुहारमा चमक र मनमा शान्ति मिल्नेछ । नजिकको मित्रसँग भेटघाट पनि हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । आकस्मिक उपहार प्राप्त हुनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शैक्षिक एवं प्रतियोगितात्मक कार्यमा सफलता हात पर्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धर्मकर्ममा तथा समाज सेवामा मन लाग्नुका साथै दैनिक कार्यमा प्रगति हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक कार्यमा रुचि बढ्नेछ । दाम्पत्य जीवनमा आपसी माया एवं समझदारी कायम रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ । रोकिएको कामले पनि गति लिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मिलनसार साथीले नै विश्वासघात गर्न सक्छन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्यको योजना र रोजगारको अवसर मिल्नेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) गरेको कार्यमा वाधा आइपर्ला । व्यक्तिगत खुसीका लागि पनि केही खर्च हुनसक्छ । स्वास्थ्य एवं खानपानमा सजगता अपनाउनु होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभकार्यको चर्चा चल्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । पढाइमा प्रगति हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय छ । सानातिना बाधा आइलागे पनि समस्या समाधान हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज कामको धपेडी भए पनि सफलता मिल्नेछ । प्रणयसम्बन्ध र पारिवारिक सम्बन्ध राम्रो हुनेछ । कुनै कुराले मन प्रसन्न रहनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

– ज्यो.प. नारायणप्रसाद दुलालको सहयोगमा हाम्रोपात्रो डटकमबाट

प्रतिक्रिया दिनुहोस