Latest News

माओवादी र एमालेले उम्मेदवारी फिर्ता लिएसँगै कांग्रेसका अध्यक्ष उम्मेदवार निर्विरोध निर्वाचित

Nepalese Times April 29, 2022 (1 Year ago)    2752 Views

सिमकोट – खार्पुनाथ गाउँपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार रंगमति शाही निर्विरोध निर्वाचित भएकी छन्। शाहीसहित तीन जनाले उम्मेदवारी दिएकामा दुईजनाले आफ्नो मनोनयन फिर्ता लिएपछि शाही निर्विरोध निर्वाचित भएकी हुन्।

वडा नम्बर ४ को वडाध्यक्षका लागि तीन जनाको मनोनयन दर्ता भएकामा दुुई जनाले मनोनयन फिर्ता लिएपछि शाहीको एकल मनोनयन रहेको खार्पुनाथ गाउँपालिकाको निर्वाचन अधिकृत कमलकुमार आचार्यले बताए।

उनीहरूले शाही अब निर्विरोध हुने भए पनि त्यसको औपचारिक घोषणा भने नभएको बताए। सो पदका लागि नेकपा माओवादी केन्द्रकी हदेली जेठारा र नेकपा एमालेबाट कमल रावतले उम्मेदवारी दिएका थिए।

माओवादीले आफ्नो तर्फबाट परेको उम्मेदवारी फिर्ता लिन जिल्लाबाट लिखित निर्देशन दिएको थियो। तर, एमालेका उम्मेदवारले पनि आफैं फिर्ता लिएपछि कांग्रेसबाट टिकट पाएकी शाही निर्विरोध भएकी हुन्। यसअघि पनि खार्पुनाथमा नेपाली कांग्रेसको एकल बहुुमत आएको थियो। खार्पुनाथ कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको गाउँपालिका हो।

यस्तै सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट ३५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेको बताएका छन् ।

शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेकपा एकीकृत समाजवादी र बहिर्गमित जनमुक्ति सेना नेपालको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताकै क्रममा एकीकृत समाजवादीबाट ३५ जना जनप्रतिनिधिको एकल उम्मेदवारी परेको बताएका हुन् ।

उनले एकल उम्मेदवारी परेसँगै पार्टीको तर्फबाट २ जना गाउँपालिका अध्यक्ष, १ जना गाउँपालिका उपाध्यक्ष, ६ जना वडाअध्यक्ष र २६ जना सदस्यहरु निर्विरोध निर्वाचित भएको बताए ।

उनले भने, ‘यो चुनावको निम्ति मनोनयन दर्ताको समयमा निर्विरोध रुपमा मनोनयन दर्ता भएका केही व्यक्तिहरु मध्ये हाम्रो पार्टीसँग जोडिएका, नेकपा एकीकृत समाजवादीसँग जोडिएका, २ जना गाउँपालिकाका अध्यक्षहरु निर्विरोध निर्वाचित भए ।

१ जना उपाध्यक्ष निर्विरोध निर्वाचित हुनुभयो । ६ जना वडाध्यक्ष निर्विरोध निर्वाचित हुनुभयो । २६ जना सदस्यहरु निर्विरोध निर्वाचित हुनुभयो । झण्डै ३५ जना व्यक्तिहरुले विजय हासिल गरेर हाम्रो पार्टीको झण्डालाई, हामीले अघि सारेको कलम चिन्ह त्यो बोक्ने पार्टी नेकपा९एकीकृत समाजवादी०को विजयको झण्डा फहराउँदै उहाँहरु अगाडी बढ्नुभयो । प्रतिस्पर्धा गर्न कसैले आँट गरेन उहाँहरूसँग ।’

प्रतिक्रिया दिनुहोस