Latest News

पाँच दलीय गठबन्धन लुतो हो, केशब स्थापित अनुभवी व्यक्ति हुन् : केपी ओली

Nepalese Times April 29, 2022 (1 Year ago)    505 Views

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको तर्फबाट काठमाडौं महानगरका उम्मेद्धवार केशब स्थापितको बचाउमा उत्रिएका छन् ।

स्थापितमाथि महिला हिंसाको विषय उठाईएको बेला अध्यक्ष ओलीले भने स्थापितको बचाउ गरेका हुन् । ओलीले पार्टीको तर्फबाट काठमाडौंको मेयरमा स्थापितजस्तो अनुभवी व्यक्तिलाई अघि सारेको बताएका हुन् ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले चुनावका बेला अनेक मुद्दा उठाइने गरिएको टिप्पणीसमेत गरेका छन् । उनले अघि थपे, ‘अनेक कुप्रचार आउँछ, चरित्रहत्याका कुरा आउँछन्, मिटू आउँछ यस्ता बेलामा ।’

ओलीले पाँच दलीय गठबन्धनलाई लूतोको संज्ञा दिएका छन् । उनले पाँच दलीय गठबन्धन ठूलो घाउ नभएपनि केही समय चिलाएर दुःख दिने लुतो रहेको बताए । उनले बैशाख ३० गते जनताले लुतो फाल्नुपर्ने बताए ।

यस्तै उनले एमालेको घोषणापत्र र उम्मेदवारबारे खुला बहस गर्न तयार रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले कसैले बहस गर्न चाहे घोषणापत्रमा बहस गर्न एमाले तयार रहेको बताएका हुन् ।

उनले आफूलाई ट्युसन पढाउँछु भन्ने कांग्रेस महामन्त्री थापालाई पहिला बिद्यार्थीहरुसंग बहस गर्न चूनौती दिए । ओलीले आगामी निर्वाचनमा एमालेको बिजयलाई कसैले रोक्न नसक्ने पनि बताए ।

उनले काठमाडौंमा एमालेको जित सुनिश्चित रहेको भन्दै गठबन्धनका कारण जनतामा त्रास बढेको तर्कसमेत गरे । कांग्रेस र माओवादीले श्रीमती र छोरीलाई उम्मेदवार बनाएर महिला उम्मेदवारको बनाएको दावी गर्दै हिडेको उनको भनाई छ ।

ओलीले स्थानीय तह चुनाव आएपछि महिला हिंसाको कुरा आएको बताउदै महिलाको सुरक्षा र अधिकारका लागि लड्ने र आन्दोलन गर्ने पार्टी एमाले मात्रै भएको पनि समेत बताए ।

ओलीले एमालेले घोषणापत्रमा राखेका बिषयहरुलाई जनतामाझ उजागर गर्न पनि निर्देशन दिए । एमाले सरकारले गरेका राम्रा कामलाई अहिलेको सरकारले अवरोध सिर्जना गर्न खोजेको ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस