Latest News

वैशाख ३० गते देशभर सार्वजनिक विदा

Nepalese Times April 28, 2022 (10 Month ago)    457 Views

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका दिन देशभर सार्वजनिक विदा दिन सरकारसँग आग्रह गरेको छ।

वैशाख ३० गते हुन गइरहेको निर्वाचनका दिन आयोगले देशभर सार्वजनिक विदा दिन सरकारसँग आग्रह गरेको हो।

नियमित पत्रकार सम्मेलन गर्दै आयोगले भनेको छ, ‘वैशाख ३० गते देशभर सार्वजनिक विदा दिन मुख्यसचिवमार्फत सरकारलाई अनुरोध गर्ने।’

आयोगले बिहीबारसम्म स्थानीय तह निर्वाचनका लागि १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाई गरेको पनि जनाएको छ। आयोगले बिहीबार सम्म ३३ जिल्लामा ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरिएको पनि बताएको छ।

यस्तै चितवनको भरतपुर महानगरपालिकामा बागी उमेदवारलाई फिर्ता लिन फकाउन चितवन पुगेका गृहमन्त्री बालकृष्ण खाँणको सक्रियतालाई निर्वाचन आयोगले नोटिसमा राखेको छ ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आचारसंहिताको विषयमा आयोगले थप निर्णय गर्ने बताए ।

“आयोगको ध्यानकर्षण हुनेछ । पलिब्क पोष्ट र रेसपोन्सिबिलिटी हुन्छ । त्यस सम्बन्धमा आयोगले थप निर्णय गर्छ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस