Latest News

कमल थापालाई धक्का, उपाध्यक्ष पौडेलद्वारा पार्टी परित्याग गरेको घोषणा

Nepalese Times April 28, 2022 (10 Month ago)    484 Views

काठमाडौं – राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष एवम् आर्थिक विभाग प्रमुख उद्धव पौडेलले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

पौडेलले पार्टी अध्यक्षलाई बुझाएको पत्रमा साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको उल्लेख छ ।

राप्रपाबाट कमल थापा अलग भएर राप्रपा नेपालको नेतृत्व गरेपछि पौडेल पनि कमल थापातिरै लागेका थिए । पौडेल कमल थापाका विश्वास पात्र भनेर चिनिन्थे । तर राप्रपा नेपालले राजसंस्था नबोक्ने निर्णय गरेपछि र एमालेसँग सहकार्य गर्ने नीति लिएपछि पौडेल असन्तुष्ट थिए ।

राप्रपाको एकता महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्ष पदमा हारेपछि कमल थापाले आफ्नो पुरानै पार्टी राप्रपा नेपाल पुनःगठन गरेका हुन्।

थापाले चाबहिल निवासी पौडेललाई गत फागुनमा पार्टीको उपाध्यक्ष पदमा मनोनयन गरेका थिए।

प्रतिक्रिया दिनुहोस