Latest News

पल शाहलाई लक्षित गर्दै गायिका समीक्षा अधिकारीले लेखिन् यस्तो भावुक स्टाटस

Nepalese Times April 28, 2022 (2 Year ago)    800 Views

काठमाडौं – गायिका समीक्षा अधिकारीले फेसबुक पेजमा भावुक स्टाटस पोष्ट गरेकी छिन्।  लामो समय सामाजिक सञ्जालबाट टाढा गायिका अधिकारीले आज भावुक पोष्ट सेयर गरेकी छन्।

लगभग दुई महिना भन्दा बढी समयपछि गायिका समीक्षा अधिकारीले आफ्नो भेरिफाइड फेसबुक पेजमा बिहीबार बिहान पोस्ट गरेको हुन्।

गत १७ फेब्रुअरीमा उनले आफू अभिनित गीत ‘ढाकाटोपी शिरमा रिबन’ सेयर गरेकी थिइन् । समीक्षाको पछिल्ला स्टाटसले एकैसाथ प्रेमका धेरै आयाम र अर्थलाई व्याख्या गर्छ । यद्यपि, आफ्नो नयाँ गीतको लागि उनले यी शब्द लेखेकी हुन् वा मनको भाव ? यी कुरा जान्नु रोचक हुनेछन् ।

उनी पछिल्लो समय जीवनको कठिन क्षणबाट गुज्रिएकी छन् र उनको यो स्टाटसले प्रेमभित्र आशावाद चित्रण गर्छ । साथै, जिन्स आउटरसहितको ताजा तस्वीर पनि उनले सेयर गरेकी छन् ।

उनको यो पोस्टलाई लिएर सामाजिक सञ्जालमा टिप्पणी भइरहेका छन् ।

उनको स्टाटस हेर्दा पल शाहमाथि नै लक्ष्यित रहेको अनुमान गर्न सकिन्छ, जसलाई उनैले जाहेरी दिएर जेल पुर्‍याएकी थिइन् ।

यस्तो छ उनको स्टाटस

‘तिमीलाई माया गर्छु र त मर्न सक्छु, मार्न सक्छु

तिम्रो लागि आफैंलाई पार्न सक्छु

तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म

त्यसैले त तिम्रो लागि सधैं म हार्न सक्छु

 

 

प्रतिक्रिया दिनुहोस