Latest News

प्रमोद खरेल सवार कार दुर्घटना, कस्तो छ स्वास्थ्य अवस्था ?

Nepalese Times April 28, 2022 (2 Year ago)    580 Views

काठमाडौं – गायक प्रमोद खरेल दुर्घटनामा परेका छन्। बुधबार राति उनी दाङमा हुने कार्यक्रमका लागि जाँदै गर्दा कार दुर्घटनामा परेका हुन्।

गायक खरेलले सामाजिक सञ्जालमार्फत् आफू एक सांस्कृतिक कार्यक्रमका लागि दाङ जाँदै गर्दा बुधबार साँझ दुर्घटनामा परेको बताएका छन्। बुधबार काठमाडौंबाट नेपालगञ्जसम्म हवाई मार्गबाट पुगेका उनी राति १ बजे दुर्घटनामा परेका हुन्।

‘राति १ बजे होटल पुग्न १० मिनेट मात्र बाँकी हुँदा आयोजकले चलाएको कार दुर्घटनामा पर्यो’, गायक खरेलले भनेका छन्, ‘कार रोडको पर्खालमा बज्रिएछ। अर्ध निद्रामा मेरो होस त्यहि गुमेछ।’

दुर्घटनापछि आफूलाई दाङस्थित अस्पताल लगिएको उनले बताएका छन्। शरीरमा बाहिरी चोट लागेपछि भित्रि रुपमा भने केही समस्या नदेखिएको गायक खरेल बताउँछन्। उनी भन्छन्, ‘आज बिहान ४ बजे डिस्चार्ज भएँ। अहिले काठमाडौं आइपुगेको छु। अवस्था विस्तारै सुध्रिदै जाँदै छ।’

आफू दूर्घटनामा परेकाले आगामी केही दिनको गीत रेकर्डिङदेखि सांस्कृतिक कार्यक्रम स्थगित गरिएको उनी बताउँछन्।

प्रतिक्रिया दिनुहोस