Latest News

आज यी प्रदेशमा चट्याङसहित वर्षा हुने, सतर्कता अपनाउन आग्रह

Nepalese Times April 28, 2022 (10 Month ago)    352 Views

काठमाडौं– हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशमा हाल स्थानीय तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाको भनाइ छ।

आज (बिहीबार) पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ।

बागमती र प्रदेश १ का पहाडी भू–भागका केही स्थानमा र गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैगरी रातिपनि देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यता सफा रहने महाशाखाले जनाएको छ।

गण्डकी र प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।

प्रदेश १ का पहाडी भू–भागका केही स्थान र गण्डकी, बागमती र मधेश प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

साथै देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाको अनुरोध छ।

प्रतिक्रिया दिनुहोस