Latest News

एमालेसँग तालमेल गर्ने यी १० नेतालाई कांग्रेसले दियो २ दिने अल्टिमेटम, के गर्लान् ?

Nepalese Times April 27, 2022 (1 Year ago)    766 Views

काठमाडौं । नेपाली काँग्रेसको भोजपुर जिल्लाको आमचोक गाउँपालिकामा गठबन्धन नीति विपरित नेकपा एमालेसँग तालमेल गरेको भन्दै उम्मेदवारी फिर्ता लिन अल्टिमेटम दिएको छ।

आमचोक गाउँपालिकाका काँग्रेसका नेताहरुले एमालेसँग तालमेल गरेपछि नेपाली कांग्रेसले यस्तो अल्टिमेटम दिएको हो । जिल्ला पार्टी कार्यालयले एक विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता लिन दुई दिने अल्टिमेटम दिएको हो।

आमचोकका काँग्रेसका १० जना उम्मेदवारले फिर्ता नलिए सधारण समेत नरहने गरी कारबाही गर्ने विज्ञप्तिमा उल्लेख छ।

अल्टिमेटम दिनेमा आमचोक वडा ३ का सञ्जय राई, कुमारी राई, वडा नम्बर ४ का रमेश विष्ट, निर्मला राई, वडा नम्बर ५ का संजय राई, कौसिला नेपाली,वडा ६ का टेकबहादुर कार्की, तिर्थमाया बस्नेत, वडा १० का विन्द्रबहादुर श्रेष्ठ छन्।

यस्तै स्थानीय तहको निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकामा बागी उम्मेदवारी दिएकाहरुलाई फकाउन गृहमन्त्री बालकृष्ण खाड भरतपुर जाने भएका छनन् ।

माओवादी केन्द्रकी उम्मेवदार प्रचण्डपुत्री रेणु दाहालविरुद्ध नेपाली कांग्रेसबाट जगन्नाथ पौडेलले मनोनयन दर्ता गराएसँगै उनलाई फकाउने खाड भरतपुर जान लागेका हुन् ।

आज बसेको गठवन्धनका शीर्ष नेताहरूको वैठकले देशभरबाट बागी उम्मेदवारी फिर्ता गराउने निर्णय लिएको थियो । यसैलाई कार्यान्वयन गराउने क्रममा नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाण भरतपुर जान लागेका छन् ।

बुधबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले दोहोरो उम्मेदवारी फिर्ताका लागि मातहतको संयन्त्रलाई निर्देशन दिएको हो ।

बैठकले महानगर र ११ उप–महानगरपालिकामा गठबन्धनको निर्णय विपरीत गठवन्धन भित्रका दलको तर्फवाट दर्ता भएको उम्मेदवारी सम्वन्धित दलले फिर्ता गर्ने सहमति भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

यस्तै बैठकले गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गरेका उम्मेदवारीहरु फिर्ता गराउन सम्वन्धित दलले आवस्यक काम गर्ने निर्णय गरेकोछ ।

यस्तै बैठकले ६ महानगर र ११ उपमहानगरपालिकामा गठबन्धनको प्रदेश र जिल्ला संयन्त्रको बैठक आजै राखेर वडाका विभिन्न पदहरुमा गठबन्धनभित्रका दलहरुका बिचमा सिट बाँडफाँटको सम्झदारी गर्ने भएको छ ।

यस्तै नगरपालिका र गाँउपालिकाहरुमा गठवन्धनका दलहरुका बिचमा भईसकेको सिट बाँडफाँट समझदारी विपरीत गठबन्धनभित्रका दलहरुवाट दर्ता भएका उम्मेदवारीहरु फिर्ता गर्ने बैठकले निर्णय गरेको छ ।

यस्तै गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गराएका उम्मेदवारी फिर्ता गराउन सम्वन्धित दलले आवश्यक कार्य गर्ने सत्ता गठबन्धनका शीर्ष नेतहरुबीच सहमति भएको छ ।

गठबन्धनका दलहरुबीचमा सिट बाँडफाँटको समझदारी हुन नसकेका नगरपालिका, गाँउपालिका र तिनका वडाहरु आजै स्थानीय र प्रदेश सयन्त्रले समझदारीका लागि आवश्यक कार्य गर्ने र त्यसका निमित्त स्थानीय, जिल्ला र प्रदेश संयन्त्रले केन्द्रीय संयन्त्रसँग आवस्यक परामर्श र सहयोग लिने सहमति भएको छ ।

गठबन्धनभित्रका दलहरुले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाँउमा सम्बन्धित दलले अविलम्व खारेज गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचाण्ड, र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टी जसपाका अध्क्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गापौडेललगायत सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस