Latest News

कांग्रेसले यस्तो काममा खटाउने भएपछि विराटनगरका मेयर पराजुलीले दिए पदबाट राजीनामा

Nepalese Times April 27, 2022 (1 Year ago)    797 Views

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पदबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पराजुलीले राजीनामा दिएका हुन् ।

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई सघाउनका लागि सक्रिय सहभागी हुनुपर्ने भन्दै उनले मेयरबाट राजीनामा दिएका हुन् ।

आफू नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएको र आसन्न निर्वाचनमाा पार्टीको प्रचार प्रसार तथा निर्वाचन सम्बन्धी विविध गतिविधिमा सहभागी हुनुपर्ने भएकोले वर्तमान अवस्थामा बहाल रहेको प्रमुखको पदमा बसिरहन नैतिकताले पनि नदिने भएकोले राजीनामा दिएको उनले बताएका छन् ।

यस्तै स्थानीय तहको निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकामा बागी उम्मेदवारी दिएकाहरुलाई फकाउन गृहमन्त्री बालकृष्ण खाड भरतपुर जाने भएका छनन् ।

माओवादी केन्द्रकी उम्मेवदार प्रचण्डपुत्री रेणु दाहालविरुद्ध नेपाली कांग्रेसबाट जगन्नाथ पौडेलले मनोनयन दर्ता गराएसँगै उनलाई फकाउने खाड भरतपुर जान लागेका हुन् ।

आज बसेको गठवन्धनका शीर्ष नेताहरूको वैठकले देशभरबाट बागी उम्मेदवारी फिर्ता गराउने निर्णय लिएको थियो । यसैलाई कार्यान्वयन गराउने क्रममा नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाण भरतपुर जान लागेका छन् ।

बुधबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले दोहोरो उम्मेदवारी फिर्ताका लागि मातहतको संयन्त्रलाई निर्देशन दिएको हो ।

बैठकले महानगर र ११ उप–महानगरपालिकामा गठबन्धनको निर्णय विपरीत गठवन्धन भित्रका दलको तर्फवाट दर्ता भएको उम्मेदवारी सम्वन्धित दलले फिर्ता गर्ने सहमति भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

यस्तै बैठकले गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गरेका उम्मेदवारीहरु फिर्ता गराउन सम्वन्धित दलले आवस्यक काम गर्ने निर्णय गरेकोछ ।

यस्तै बैठकले ६ महानगर र ११ उपमहानगरपालिकामा गठबन्धनको प्रदेश र जिल्ला संयन्त्रको बैठक आजै राखेर वडाका विभिन्न पदहरुमा गठबन्धनभित्रका दलहरुका बिचमा सिट बाँडफाँटको सम्झदारी गर्ने भएको छ ।

यस्तै नगरपालिका र गाँउपालिकाहरुमा गठवन्धनका दलहरुका बिचमा भईसकेको सिट बाँडफाँट समझदारी विपरीत गठबन्धनभित्रका दलहरुवाट दर्ता भएका उम्मेदवारीहरु फिर्ता गर्ने बैठकले निर्णय गरेको छ ।

यस्तै गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गराएका उम्मेदवारी फिर्ता गराउन सम्वन्धित दलले आवश्यक कार्य गर्ने सत्ता गठबन्धनका शीर्ष नेतहरुबीच सहमति भएको छ ।

गठबन्धनका दलहरुबीचमा सिट बाँडफाँटको समझदारी हुन नसकेका नगरपालिका, गाँउपालिका र तिनका वडाहरु आजै स्थानीय र प्रदेश सयन्त्रले समझदारीका लागि आवश्यक कार्य गर्ने र त्यसका निमित्त स्थानीय, जिल्ला र प्रदेश संयन्त्रले केन्द्रीय संयन्त्रसँग आवस्यक परामर्श र सहयोग लिने सहमति भएको छ ।

गठबन्धनभित्रका दलहरुले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाँउमा सम्बन्धित दलले अविलम्व खारेज गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचाण्ड, र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टी जसपाका अध्क्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गापौडेललगायत सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस