Latest News

ज्वालामुखीको अध्यक्षमा रामप्रसाद श्रेष्ठको स्वतन्त्र उम्मेदवारी, यस्ता छन् प्रतिवद्धताहरु

Nepalese Times April 27, 2022 (1 Year ago)    774 Views

काठमाडौं । धादिङको ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा रामप्रसाद श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले विभिन्न एजेण्डासहित ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

उनले आफूले ज्वालामुखीको अध्यक्ष जितेमा पालिकामा हुने नीतिगत भ्रष्टाचारको अन्त्य गर्ने प्रतिवद्धता जनाएका छन् । यस्तै उनले टोल–टालमा पिउने पानी तथा सिँचाइको लागि एक घर एक धारा उपलब्ध गराउने भनेका छन् ।

यस्तै उनले हरेक वडामा कृषि तालिम प्राविधिक व्यावस्थापन उपलब्ध गराउने योजना बनाएका छन् भने धार्मिक सांस्कृतिक तथा एतिहासिक सम्पदाको संरक्षमा संवर्धन तथा पर्यटन प्रवद्र्धनको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् ।

युवा स्वरोगारका लागि पालिकाबाट कृषि अनुदान युवा प्रोत्साहन कार्यक्रम सञ्चान गर्ने योजना पनि उम्मेदवार श्रेष्ठको रहेको छ । पालिका अन्तर्गत रहेको व्याक्तिगत तथा सामुदायीक वन जंगल आगोलागी नियन्त्रण तथा वृक्षारोपण कार्यक्रम सञ्चालन गरिने उनले आफ्नो एजेण्डामा राखेका छन् ।

यस्तै उनले पालिकाभित्र रहेको शैक्षिक संस्थाहरु राजनीतिक मुक्त तथा शैक्षिक गुणस्तर वृद्धिका लागि अनुगमन तथा श्रोत साधन उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।

यस्तै उनले स्वास्थ्य चौकीहरुमा आवश्यक बेड, सेस्थाकर्मी तथा निःशुल्क एम्बुलेन्स सञ्चालन गरिने आफुनो एजेण्डामा उल्लेख गरेका छन् भने बजार क्षेत्रमा सार्वजनिक ट्वाइलेट निर्माण तथा फोहोर व्यवस्थापन गर्ने भनेका छन् ।

कार्यालयबाट चुस्त दुरुस्त र छिटो–छरितो ढंगले सेवा पाइने र पालिका अन्तर्गतको मुख्य बजार क्षेत्र, बस्ती टोल टोलमा सडक बत्ती राख्ने उनको प्रतिवद्धता छ ।

आफूले अध्यक्षमा जितेमा राज्यबाट वृद्ध अस्वस्थ अपाङ्गता भएका व्यक्तिले पाइने सहयोग राहात घर घरमा उपलब्ध गराइने उनले भनेका छन् ।

यस्तै उनले जुवा तास मुक्त समाज निर्माणको लागि प्रशासनसँग सहकार्य गर्ने र अनपढ महिला तथा पुरुषको लागि पालिकाभर प्रौढ शिक्षाको व्यवस्था गर्ने योजना बनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस