Latest News

एमाले र एकीकृत समाजवादीबीच चुनावी लातमेल

Nepalese Times April 27, 2022 (1 Year ago)    760 Views

हुम्लाको चंखेली गाउँपालिकामा एमाले र नेकपा एकीकृत समाजवादीबीच चुनावी लातमेल भएको छ । केन्द्रमा एमालेले एकीकृत समाजवादीलाई पार्टी नमाने पनि हुम्लाको चंखेली गाउँपालिकामा भने चुनावी तालमेल भएको हो ।

एमाले र एकीकृत समाजवादीबीच चुनावी तालमेलपछि अध्यक्षमा एमालेका विमलाकुमार शाही र एकीकृत समाजवादीबाट उपाध्यक्षमा प्रेमकला शाहीले उम्मेदवारी दिएका छन् । एमालेले उपाध्यक्ष र एकीकृत समाजवादीले अध्यक्षमा उम्मेदवार उठाएको छैनन् ।

यता सत्ता गठबन्धनको बैठकले दोहोरो उम्मेदवारी फिर्ताका लागि निर्देशन दिएको छ । बुधबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले दोहोरो उम्मेदवारी फिर्ताका लागि मातहतको संयन्त्रलाई निर्देशन दिएको हो ।

गठबन्धनभित्रका दलहरुले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाँउमा सम्बन्धित दलले अविलम्व खारेज गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले महानगर र ११ उप–महानगरपालिकामा गठबन्धनको निर्णय विपरीत गठवन्धन भित्रका दलको तर्फवाट दर्ता भएको उम्मेदवारी सम्वन्धित दलले फिर्ता गर्ने सहमति भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

यस्तै बैठकले गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गरेका उम्मेदवारीहरु फिर्ता गराउन सम्वन्धित दलले आवस्यक काम गर्ने निर्णय गरेकोछ ।

यस्तै बैठकले ६ महानगर र ११ उपमहानगरपालिकामा गठबन्धनको प्रदेश र जिल्ला संयन्त्रको बैठक आजै राखेर वडाका विभिन्न पदहरुमा गठबन्धनभित्रका दलहरुका बिचमा सिट बाँडफाँटको सम्झदारी गर्ने भएको छ ।

यस्तै नगरपालिका र गाँउपालिकाहरुमा गठवन्धनका दलहरुका बिचमा भईसकेको सिट बाँडफाँट समझदारी विपरीत गठबन्धनभित्रका दलहरुवाट दर्ता भएका उम्मेदवारीहरु फिर्ता गर्ने बैठकले निर्णय गरेको छ ।

यस्तै गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गराएका उम्मेदवारी फिर्ता गराउन सम्वन्धित दलले आवश्यक कार्य गर्ने सत्ता गठबन्धनका शीर्ष नेतहरुबीच सहमति भएको छ ।

गठबन्धनका दलहरुबीचमा सिट बाँडफाँटको समझदारी हुन नसकेका नगरपालिका, गाँउपालिका र तिनका वडाहरु आजै स्थानीय र प्रदेश सयन्त्रले समझदारीका लागि आवश्यक कार्य गर्ने र त्यसका निमित्त स्थानीय, जिल्ला र प्रदेश संयन्त्रले केन्द्रीय संयन्त्रसँग आवस्यक परामर्श र सहयोग लिने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस