Latest News

यस्ता छन् आज सार्वजनिक मन्त्रिपरिषद बैठकका १९ निर्णयहरू (सूचीसहित)

Nepalese Times April 27, 2022 (2 Year ago)    537 Views

सरकारले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पितकुमार श्रेष्ठको राजीनामा स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डललाई मलेसियाको भ्रमण गर्न स्वीकृत दिने निर्णय समेत गरेको छ ।

बैठकले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।

हाललाई परीक्षणकालागि कार्यालय समय बढाएर विहान साढे ९ बजेदेखि साढे ५ बजेसम्मको कार्यालय समय कायम गर्ने तथा शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिए ।

यस्तै मन्त्रिपरिषद् बैठकले भारतको नयाँदिल्लीमा हुने राइसेना डायलगमा सहभागी हुन जान लागेका राष्ट्रिय योजनाका आयोगका उपाध्यक्ष विश्व पौडेललाई सहभागिताको लागि स्वीकृति दिने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले शशस्त्र प्रहरीको शशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा डिआईजी राजु अर्याललाई बढुवा गर्ने निर्णय गरेको छ । त्यस्तै, स्वास्थ्यमा नकारात्मक असर पार्ने १० वस्तुको पैठारीमा पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरेको छ ।बैठकले यी लगायत १९ निर्णय गरेको छ ।

हेर्नुहोस् सूची :

प्रतिक्रिया दिनुहोस