Latest News

बागी उम्मेदवारी फिर्ता गर्न दबाब दिँदै चितवन कांग्रेसका नेताहरु जगन्नाथको घरमै पुगे, के–के भयो कुराकानी ?

Nepalese Times April 27, 2022 (2 Year ago)    612 Views

चितवन । सत्तरुढ दलहरुबीच चुनावी भागबण्डाका क्रममा चितवनको भरतपुर महानगरपालिका माओवादी केन्द्रको भागमा पर्यो । माओवादी केन्द्रले भरतपुरको मेयरमा उम्मेदवारी दर्ता गरेको छ ।

तर, पार्टीभित्र असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छ । उनले यसअघिदेखि नै भरतपुर कांग्रेसलाई दिनुपर्ने भन्दै आएको थियो । अन्तिम समयमाख भरतपुर माओवादीको भागमा परेपछि माओवादी केन्द्रकी रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गरेकी छिन् ।

नेपाली कांग्रेस चितवनको नेतृत्वले भरतपुर महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उमेदवारी दिएका नेता जगन्नाथ पौडेललाई भेट गरेको छ ।

सभापति राजेश्वर खनालको नेतृत्वमा गएको टोलीले पूर्वसांसद पौडेललाई भेटेर आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका हुन् । मंगलबार साँझ कृष्णपुरस्थित पौडेलनिवासमा कांग्रेसका नेताले संस्थागतरुपमै यस्तो आग्रह गरेका हुन् ।

उपसभापति राजिव न्यौपाने र सचिव सूर्य अर्यालसहितको टोलीले पौडेललाई भेटेर उम्मेदवारी फिर्ता गर्न आग्रह गरेका थिए । पौडेलले जुन बाटो हिडेका छन् त्यो बाटोमा पुनर्विचार गर्न आफूले आग्रह गरेको भन्दै सभापति खनालले उनलाई आफूले आफ्नो तर्फबाट कुरा गरेको र पुनर्विचार गर्ने कुरामा आफूहरु विश्वस्त रहेको खनालको भनाइ छ ।

गठबन्धनको निर्णयअनुसार पार्टीलाई सहयोग गर्न पनि टोलीले आग्रह गरेको थियो । गठबन्धनले भरतपुरको महानगर प्रमुखमा नेकपा माओवादी केन्द्रलाई दिएर उपप्रमुख कांग्रेसले लिएको छ ।

उपप्रमुख सहित २९ वडामध्ये कांग्रेसले २० वटा वडा लिएको छ । कांग्रेसलाई प्रमुख नदिएको भन्दै असन्तुष्ट पौडेलले स्वतन्त्र उमेदवारी हालेका थिए ।

प्रतिक्रिया दिनुहोस