Latest News

पालिकाको मेयर र उपमेयरमा पार्टीबाट सिफारिस भएका श्रीमान र श्रीमती दुबैले पाएनन् टिकट

Nepalese Times April 26, 2022 (1 Year ago)    756 Views

काठमाडौं । स्थानीय तहको चुनावमा मनोनय दर्ता हुनुपूर्व नेकपा माओवादी केन्द्र धादिङले एकै घरका श्रीमान–श्रीमतीलाई मेयर र उपमेयरमा सिफारिस गर्यो ।

स्थानीय निर्वाचनको लागि निलकण्ठ नगरपालिका धादिङको मेयर र उपमेरमा माओवादी केन्द्रले मेयर र उपमेयरमा एकै घरका श्रीमान् र श्रीमतीलाई सिफारिस गरेको थियो ।

मनराज भण्डारी नीलकण्ठ नगरपालिका धादिङकाको मेयरमा र उनकी श्रीमतीलाई उपमेयरमा सिफारिस भएपनि अन्तिम समयमा आएर उनीहरुले टिकट पाउन सकेनन् ।

पार्टीभित्र नै चर्को विरोध भएसँगै उनीहरु दुबैजनालाई पार्टीले टिकट नदिएका हुन् । उनीहरुलाई टिकट दिएर उम्मेदवार बनाए हार्ने डर एकातिर र अर्को तिर सत्ता गठबन्धनमा रहेका दलहरुले पनि उनीहरुको नाम स्वीकार गर्न नसकेपछि उनीहरु टिकट पाउनबाट बन्चित भएका हुन् ।

२०७४ सालको स्थानीय निर्वाचनमा काँग्रेस र माओवादीबीच सत्ता गठबन्धन भएपछि मनराज भण्डारी उपमेयरमा निर्वाचित भएका थिए ।

उपमेयर भएपनि उनले पार्टी र नाागरिकहरुको लागि उपलब्धीमुलक काम गर्न नसकेको भनेर चर्को विरोधसहित आलोचना भइरहेको छ । उनै भण्डारी र उनकी श्रीमती नै मेयर र उपमेयरमा सिफारिस भएसँगै चर्को आलोचना भएको थियो ।

सत्ता गठबन्धनको सहमति अनुसार धादिङको नीलकण्ठ नगरपालिकाको मेयर काँग्रेसको भागमा परेको छ । भागबण्डा हुनुअघि माओवादी केन्द्र निलकण्ठले मेयर पदका लागि मनराज भण्डारी, कमल सापकोटा, तिलक थापामगर र शम्भु श्रेष्ठको नाम छनोटको लागि प्रदेश कमिटीमा सिफारिस गरेको थियो ।

उप प्रमुखमा ९ जनाको नामा सिफारिस भएको थियो ।जसमा सोम्बोले तामाङ (अक्कल), दिपक विश्वकर्मा, रामचन्द्र सामरी, रुद्रबहादुर खत्री, सरला धमला, बद्री सुवेदी, ध्रुव थापा, सिता भण्डारी र निशा मजाकोटी रहेका छन् । मेयर पदका दावेदार मनराज भण्डारी र उप मेयरका दावेदार सिता भण्डारी श्रीमान श्रीमती हुन् ।

तर उपमेयरमा अन्तिम समयमा आएर माओवादी केन्द्रले उपमेयरको टिकट दिपक विश्वकर्मालाई दिएको छ । उनले सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवारको रुपमा मनोनयन दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस