Latest News

माओवादी सांसद थारूले दिए राजीनामा

Nepalese Times April 26, 2022 (10 Month ago)    732 Views

लुम्बिनी प्रदेश सभाको सदस्य पदमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट निर्वाचित प्रदेश सभा सदस्य दिपेश थारूले राजीनामा दिएका छन्।

बर्दिया क्षेत्र नं. २ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य दिपेश थारूले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १३ को खण्ड (ग) को प्रयोजनको लागि भन्दै राजीनामा दिएका हुन्।

थारूले गत ९ गते प्रदेश सभा सदस्य पदबाट सभामुखसमक्ष लिखित राजीनामा पेश गरेकाे भए पनि प्रदेश सभा सचिवालयले गुपचुप राखेकाे थियो।

बर्दियाको राजापुर नगरपालिकामा नगर प्रमुखका आकांक्षी थारूकाे मनाेनयन नहुँदासम्म गुपचुप राखिएको भन्दै आलोचना भएकाे छ।

सचिवालयले साेमबार सूचना जारी गर्दै नेपालको संविधानको धारा १८० (क) बमोजिम थारूले जितेको उक्त निर्वाचन क्षेत्र रिक्त भएको जनाएको छ।

‘प्रदेश सभाको बैठक चालु नरहेको अवस्थामा प्रदेश सभा नियमावली २०७४ को नियम १८५ को उपनियम २ बमोजिम जानकारीको लागि आदेशानुसार यो सूचनापत्र प्रकाशन गरिएको छ’, सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस