Latest News

कांग्रेस नेता गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट बिदा लिने, यस्तो ट्वीटले कांग्रेसमा खैलाबैला

Nepalese Times April 26, 2022 (1 Year ago)    999 Views

काठमाडौं । सत्ता गठबन्धनबीच भएको चुनावी तालमेलका कारण नेपाली कांग्रेसभित्र कलह सिर्जना भएको छ । चुनावमा टिकट नपाएसँगै धेरैजसो ठाउँमा कांग्रेसका नेता तथा कार्यकर्ताहरुले विद्रोह सुरु गरेका छन् ।

विशेषतः सत्ता गठबन्धनका कांग्रेसबाहेक अरु दलले उम्मेदवारी दिएको ठाउँमा कांग्रेसका नेताहरुले स्वतन्त्र एवम् बागी उम्मेदवारी दिएका छन् । पार्टीको नेतृत्वले आफूहरुको मर्मत नबुझेको भन्दै उनीहरुको निक्कै असन्तुष्टि रहेको छ ।

यसैक्रममा नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट बिदा लिने संकेत गरेका छन् । सामाजिक सञ्जालमा एक ट्वीट गर्दै उनले सक्रिय राजनीति त्याग्नेबारे स्थानीय निर्वाचनलगत्तै महत्वपूर्ण निर्णय लिने जानकारी गराएका छन् ।

नेपाली कांग्रेसको पूर्वकेन्द्रीय सदस्य रहेका घिमिरे गत महाधिवेशनमा प्रदेश १ को सभापतिमा उद्धव थापासँग २ मतले पराजित भएका थिए ।

स्थानीय निर्वाचनमा उम्मेदवार बन्नेहरुलाई जितको शुभकामना दिँदै उनले अब आफू सक्रिय राजनीतिबाट बिदा लिने निर्णयमा पुगको भनेका छन् ।

उनको यस्तो ट्वीट बाहिरिनेवित्तिकै नेपाली कांग्रेसभित्र भने खैलाबैला मच्चिएको छ । अहिले नै यस्ने निर्णयमा नपुग्न भन्दै कांग्रेसका नेता तथा उनका सुभेच्छुकहरुले आग्रह गरेका छन् ।


सत्ता गठबन्धनमा रहेका राजनीतिक दलहरुसँग गठबन्धन भएसँगै नेपाली कांग्रेसको भागमा ६ मध्ये ३ महानगरपालिका परेको छ । बाँकी ३ महानगरपालिकामा पनि नेपाली कांग्रेसका उम्मेदवारका आकांक्षीहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

सत्ता गठबन्धनबीच भएको चुनावी तालमेलले गठबन्धनका उम्मेदवारलाई मात्रै नभई नेपाली कांग्रेस स्वयमंलाई समस्या बनाएको छ । नेतृत्वले कार्यकर्ताको भावना नबुझेको स्थानीय तहका नेता तथा कार्यकर्ताहरुको आरोप छ ।

प्रतिक्रिया दिनुहोस