Latest News

आज २०७९ साल बैशाख १३ गते मंगलवारको राशिफल हेर्नुहोस्

Nepalese Times April 26, 2022 (1 Year ago)    683 Views

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । नयाँ कार्यको प्रारम्भ हुने र पुनर्मिलनको योग पनि रहेको छ, तर स्वास्थ्य प्रति सजग रहनु होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । सेयरबजार पनि राम्रै रहला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज शुभ समाचार सुन्न पाइएला । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पारिवारिक सद्भाव पनि बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्यको योजना बन्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज श्रमदान गर्ने अवसर मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेम प्रसङ्गमा पनि सफल भइनेछ, तर स्वास्थ्य मापदण्ड पूरा गर्नुपर्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर रातो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नसोचेको ठाउँबाट धन हात पर्नसक्छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ, तर मालसामान हराउन सक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कला र गलाको प्रभाव बढ्नेछ । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । मनोरञ्जन पनि होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज गरेको कार्यमा अवरोध आउला । कतैकतै झैझमेलाको अवस्था आउला, तर अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

– ज्यो.प. नारायणप्रसाद दुलालको सहयोगमा हाम्रोपात्रो डटकमबाट

प्रतिक्रिया दिनुहोस